Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नराख्ने भएपछि उपेन्द्र यादव र राजेन्द्र महतो तनाबमा

३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिनेगरि गृहकार्य थालेका छन् । आजमात्रै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । अबको एक÷दुई दिनभित्रै सरकारले पूर्णता पाउने सत्ता गठबन्धनका नेताहरुले दाबी गरेका छन् ।

आज एक कार्यक्रममा प्रचण्डले माधव नेपालको दल निर्वाचन आयोगमा सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । उता, प्रधानमन्त्री देउवाले भने सबै पक्षलाई समेटेर सरकार विस्तार गर्ने तयारी गरेका छन् । यसपटक उनले आफ्नो सरकारमा उपप्रधानमन्त्री नराख्ने निश्कर्ष निकालेका छन् । आफूनिकट नेताहरुसँग उनले उपप्रधानमन्त्री राख्दा क्याविनेट नै भद्दा देखिने भएकोले उपप्रधानमन्त्री कसैलाई नबनाउने निचोड सुनाएका छन् ।

सरकारमा अहिलेसम्म कांग्रेस र माओवादी केन्द्रमात्रै सहभागी छन् । कांग्रेस र माओवादी केन्द्रबाट पनि क्रमशः ३ र २ जनामात्रै सहभागी छन् । सरकारमा सहभागी हुनको लागि जनता समाजवादी पार्टी, नेपाल पनि तयारी अवस्थामा छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) पनि सरकारमा सहभागी हुने तयारीमा जुटेका छन् ।

कुन दललाई कति मन्त्रालय दिने भन्नेबारे प्रधानमन्त्रीले निश्कर्ष निकालिसकेका छैनन् । तर, उनी यसपटक उपप्रधानमन्त्री नराख्ने निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री देउवाको यो तयारीले सबैभन्दा बढि असर उपेन्द्र यादव र राजेन्द्र महतोलाई पर्ने देखिएको छ । उपेन्द्र यादव आँफै सरकारमा पार्टीको नेतृत्व गरेर जाने तयारीमा थिए । तर, उनी यसअघि नै उपप्रधानमन्त्री भैसकेकोले उपप्रधानमन्त्री पोर्टफोलियो मागेका छन् । उता, राजेन्द्र महतो पनि आफ्नो पार्टीको तर्फबाट सरकारमा जाने मुडमा छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP