कटान र क्षति रोक्न बर्सेनि टालटुले काम

३ भदौ: नदीले क्षति पु¥याएका क्षेत्रमा दीर्घकालीन सुरक्षा उपाय नअपनाउँदा बर्सेनि हजारौँ बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ । लालबन्दी नगरपालिका– १ स्थित लखनदेही खोलामा आएको बढीले जङ्गल क्षेत्रमा क्षति पु¥याएको छ भने चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित लखन्देही खोलामा आएको बाढीले सो क्षेत्रमा पनि बाँध भत्काएको छ । गतवर्ष यही स्थानमा बाढीले बाँध कटान गरेपछि जनताको तटबन्ध कार्यालयले ‘परकोपाइन’ विधिबाट बाँस गाडेर तत्कालका लागि मर्मत गरेको थियो । दीर्घकालीन उपाय नखोजिदा यसवर्ष पनि बाढीले बाँध भत्काएको हो ।

गत वर्ष नै बाँधको स्थायी मर्मत गरेको भए यसवर्ष जोखिम नहुने स्थानीय राजगिर रायले बताए । उनले भने “टालटुलेमर्मत गर्दा क्षति हुनु स्वाभाविक हो ।” चक्रघट्टाको शिवनगरसहित लखन्देही खोलाले तीन स्थानमा भत्काएको बाँधलाई फेरि टालटुल गरेर कटान रोकथामको प्रयास थालिएको छ । अस्थायी मर्मतका लागि जलस्रोत तथा सिँचाइ विभागले सहयोग गर्ने प्रतिबद्धतासहित निर्देशन दिएपछि तटबन्ध कार्यालयले बोरामा बालुवा हालेर काम सुरु गर्ने भएको छ ।

सो कार्यालय प्रमुख रवीन्द्र शर्माले हिउँदमा पक्की बाँध र स्थायी निर्माण गरिने जानकारी दिए । उनले बजेट अभावले गत वर्षदेखि पक्की बाँध बनाउन नसकेको र यसवर्ष पनि त्यही स्थानमा बाँध भत्किएको बताए ।

उनले भने, “विभागबाट बजेटसहितको निर्देशन आएपछि तत्कालका लागि टालटुल गरेर वर्षा समाप्त भएपछि पक्की बाँध बाँध्ने योजना छ ।”जिल्लाको लखन्देही नदीले कटान गरेको क्षेत्रको अवलोकनपछि विभागका महानिर्देशक मधुकरराज भण्डारी र उपमहानिर्देशक कृष्ण नेपालसहितको टोलीले बाँध मर्मतका लागि निर्देशन दिएका थिए  ।

लखन्देही नदीको बहावलाई परिवर्तन गर्दै बाँध मर्मत गर्ने तटबन्ध कार्यालयले जनाएको छ । जिल्लाको मध्यभाग भएर बग्ने सो नदीले चक्रघट्टाको शिवनगर, कौडेना गाउँपालिका–७ सक्रौल र मलङगवा नगरपालिका–५ भाँडसरमा रहेको बाँध भत्काएको छ । बाँध भत्किएपछि यस आसपासका बस्ती उच्च जोखिममा परेका छन् । जोखिम क्षेत्रको प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायलेसमेत निरीक्षण गरेका छन् ।

खोला नियन्त्रणका लागि तटबन्ध कार्यालयमा पटकपटक जानकारी गराउदा पनि बाँध निर्माणका लागि सहयोग नपाएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले गुनासो गरे  । अन्यत्रबाट सहयोग नपाएपछि गाउँ पालिकाले रु एक करोड बजेट तटबन्धका लागि छुट्याइएको थियो ।

लखन्देही नदीले भत्काएको बाँध बाँध्नका लागि दीर्घकालीन रूपमा तटबन्धको पहल भइरहेको प्रजिअ रामकुमार महतोले बताए ।उनले भने, “तटबन्धका लागि केही समय लाग्ने भए पनि तत्कालीन रोकथामको काम हुने छ ।”

जिल्लामा लखनदेही, वाग्मती, चापिनी, कालीञ्जोर, फुलजोर र बाँके खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गर्नुको साथै भौतिक तथा मानवीय क्षतिसमेत गर्ने गरेका छन् । नदी दोहन, दिन प्रतिदिनि चुरे दोहन, वन विनाशलगायतका कारण हरेक वर्ष यी नदीमा आएको बाढीले क्षति पु¥याउने गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP