Trending
flash शिवपुरमा नेकपा एसको वडा कमिटि गठन अन्तर्राष्ट्रिय आर्यनपछि एनसिबीको निसानामा अनन्या flash विजयनगरले वर्षाले प्रभावित कृषकलाई क्षतिपूर्ति दिने समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या समाज प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै

उद्योगि मियाँद्धारा महोरममा १ हजार विद्यार्थीलाई जुस र मिठाई

माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा
उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेर मियाँले मदरसामा अध्यानरत एक हजार विद्यार्थीलाई जुस र मिठाइ वितरण गर्नुभएको छ । मुस्लिमहरुको महान पर्व महोर्रमको अवसरमा मियाँले शिवराज नगरपालिका भित्र रहेका ६ वटा मदरसामा अध्ययानरत विद्यार्थिहरुलाई विहिवार जुस र मिठाइ बितरण गर्नुभएको हो ।
मदरसामा पुगेर वितरण गर्दै मियाँले सद्भावको नगर भएकै कारण यहाँ सबै समुदायको चाडपर्वमा सबैको उत्तिकै आस्था रहेको बताउनुभयो । हिन्दू, मुस्लिम, शिख, इसाइलगायतका समुदाय एक अर्काका धर्म, संस्कृति र परम्परासँग जोडिएकोले सबैको आस्था सबै धर्मसँग जोडिएको उहाँले बताउनुभयो । सत्यको जितको पर्वको रुपमा लिने महोरर्म पर्वको ईतिहासको वारेमा विद्यार्थीहरुलाई जानकारी गराउँने उद्देश्यले जुस र मिठाई बितरण गरेको उहाँले बताउनुभयो ।
मुस्लिम समुदायको अगुवा मियाँले महोरम पर्व हिन्दु धर्मालम्बिहरुले पनि मनाउने भएकोले धार्मिक एकतको सन्देशको रुपमा प्रवाह गरिरहेको बताउनुभयो । कोरोनाका कारण ताजिया राख्ने तथा विर्सजन गर्न नसकेपनि सबैलाई सुरक्षा मापदण्ड पालाना गरेर पर्व मनाउन अनुरोध गर्नुभयो ।
इराकको कर्बलामा शहीद हुनुभएका पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरुले हरेक वर्ष विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका मौलाना अब्बास अलिले बताउनुभयो । अलिले विद्यार्थीहरुलाई महोरम पर्वको वारेमा प्रवचन समेत दिनुभएको थियो ।
थुन्निया,चनई,सौनी,पिपरी,चन्द्रौटा र विसनपुरका मदरसामा पुगि उक्त सामाग्री वितरण गरिएको हो । मौलाना ईफ्लेखार,वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायव निरिक्षक तारा खनाल लगाएतको टोलीले सभ्य भव्य र सुरक्षित भएर महोरम पर्व मनाउन आग्रह गरेको छ ।
पैगम्बर हजरत मोहम्मदका नातिहरूकोे सम्झनामा मोहर्रम महिनाको १ तारिखदेखि १० तारिखसम्म विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा हुसैन र हसनको सम्झामा ताजिया राखिने परम्परा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP