Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

अफगानिस्तानमा विदेशी सेनासँग आबद्ध भएर काम गरेकाहरु असुरक्षित

काठमाण्डाै – अफगानिस्तानलाई नियन्त्रणमा लिए पछि तालिबानले अमेरिकी सेना तथा नेटो सेनासँग काम गरेकाहरुको खोजीलाई तीव्र पारेको छ । संयुक्त राष्ट्र सङ्घको एउटा रिपोर्टले विदेशी सेनासँग सम्पर्कमा रहेर काम गरेकाहरुलाई तालिबानले घर-घरमै पुगे दबाब दिन थालेको जनाएको छ ।

केही व्यक्तिलाई आत्मसमर्पण गर्न बाध्य पारिएको र केहीको परिवारलाई हिरासतमा लिने गरेको रिपोर्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यस्तै, केही व्यक्तिलाई भने ज्यान मार्ने धम्की समेत दिन थालेको पाइएको छ । सेना, प्रहरी र सुरक्षा सम्बन्धी क्षेत्रमा काम गर्नेहरु तालिबानबाट बढी असुरक्षित रहेका खबरमा उल्लेख छ ।

तालिबानले अफगानिस्तानका ठूला सहरलाई कब्जामा लिनु अगावै विदेशी सेनासँग आबद्ध भएर काम गरेकाहरुको बारेमा जानकारी राखेको पनि रिपोर्टमा उल्लेख छ । तालिबानले काबुल विमानस्थलबाट विदेशी सेनालाई बाहिरिन दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

तर, विमानस्थलमा समेत विदेशी सेनासँग आबद्ध भएकाहरुको खोजी गर्ने काम भने रोकेको छैन । काबुल विमानस्थलमा अझै पनि कोलाहल छ । तालिबानले आफूले कुनै बदलाको भाव नराखेको बताए पनि अफगानिस्तानका बासिन्दाले विश्वास गर्न सकेका छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP