Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

अफगानिस्तानमा रहेकालाई सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालय सुर्खेतकाे आग्रह

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।

नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार सुर्खेत घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

“सुर्खेतबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिको उद्धारका लागि हामीले विवरण सङ्कलन कार्य सुरु गरेका छौँ”, सहायक प्रजिअ महतले भन्नुभयोे, “यसका लागि अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले प्रशासनमा आएर विस्तृत विवरण उपलब्ध गराउनुपर्नेछ ।”

उहाँका अनुसार अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले यही भदौ १० गतेसम्म विस्तृत विवरण टिपाउन भनेर सूचना प्रकाशन गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP