Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

सुरक्षा मामलामा नयाँ पुस्तक

४ भदौ । नेपाली सुरक्षा रणनीति तथा राजनीतिक अस्थिरताबारे सेनाका पूर्व उपरथी पूर्णबहादुर सिलवालको कृति सार्वजनिक भएको छ । सोमबार अंग्रेजी भाषामा प्रकाशित योे कृति ‘नेपाल्स इनस्टाबिलिटी कोनन्ड्रम्स नेभिगेटिङ पोलिटिकल, मिलिटरी, इकोनोमिक एन्ड डिप्लोम्याटिक ल्यान्डस्केप नामको हो ।

सात अध्यायमा समेटिएको यस कृतिमा सिलवालले नेपालमा लामो समयदेखि अस्थिरताका कारण, नेपालको राजनीतिक, सेना, अर्थतन्त्र र कूटनीतिक क्षेत्रबारे विवेचना गरेका छन् । कृतिमा नेपाल राज्य स्थापनाको दर्शन र मूल्यमान्यता, आन्तरिक राजनीति र अस्थिरता, नागरिक–सेना सम्बन्ध, नेपालका विद्रोहीसँग लड्ने राज्यको रणनीति अनि विदेशी प्रभाव विषयमा विशेष रूपले वर्णन गरिएको लेखक सिलवालले बताए ।

विदेशी प्रभावअन्तर्गत छिमेकी देश भारत र चीनलगायत अमेरिका एवं बेलायतका राष्ट्रिय हित के/के थिए र यहाँ आफ्नो प्रभाव बढाउन ती चारै मुलुकले के र कस्ता रणनीति कार्यान्वयनमा ल्याएका थिए भन्नेलगायतका विषयमा एक सय १५ पृष्ठमा सविस्तार व्याख्या गरिएको छ । इन्स्टिच्युट फर नेशनल सेक्युरिटी स्टडिज नेपालले यो कृति प्रकाशन गरेको हो । यो पुस्तक बेचेर आएको रकम पुस्तक प्रकाशन गर्ने संस्थालाई नै दिइने कृतिकार सिलवालले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP