Trending
flash विजयनगरका ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन सम्पन्न समाज वैशाखयता विपद्जन्य घटनामा परि ३ सय ५३ जनाको ज्यान गयाे flash एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे flash प्रेस सेन्टर नेपाल कपिलवस्तुमा बेल्वासेको नेतृत्व अन्तर्राष्ट्रिय सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको भनाइ समाज तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्रीको माला भारतबाट आयात हुँदै अन्तर्राष्ट्रिय अमेरिकालाई चीनको चेतावनी राजनीति राप्रपाकाे ५४ जिल्लामा अधिवेशन सकियाे flash प्रेस सेन्टर कपिलवस्तुकाे अध्यक्षमा बेल्बासे, २१सदस्य कार्य समिति चयन समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या

राष्ट्रसङ्घले भन्यो-‘तालिबानले अफगानिस्तानका घरघरमा खानतलासी गरिरहेको छ’

४ भदौ: अफगानिस्तानमा तालिबानहरुले घर–घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घले तयार पारेको एउटा दस्तावेजमा अफगानिस्तानमा तालिबानहरुले बदलाको भावना अनुसारको व्यवहार गर्ने डर रहेको उल्लेख गरिएको छ । “अफगानिस्तानका नयाँ शासकहरु सहिष्णुताको प्रतिज्ञाबाट पछि हट्दै गरेका देखिएको छ,” दस्तावेजमा लेखिएको छ । सरकारी सेनालाई पराजित गरी दुई दशकको युद्ध अन्त्य हुनेगरी यही अगस्त १५ का दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल तालिवानले कब्जा गरेपछि उनीहरुले शासन सुरु गरेका छन् ।

कट्टरपन्थी इस्लामी आन्दोलनका नेताहरुले सरकारको पूर्वअधिकारीहरु र यसअघि तालिबानको विपक्षीका लागेका सवैलाई आममाफी दिने घोषणा गरेपनि व्यवहार भने त्यस्तो नभएको दस्तावेजमा उल्लेख गरिएको छ ।

उनीहरुले महिलाहरुको स्वतन्त्रता नखोसिने, उनीहरुप्रति उदार भावना राख्ने, अघिल्लो शासनकालको भन्दा प्रजातन्त्रीक व्यवस्था लागू गर्ने अपेक्षा पनि धेरैले गरेका थिए । काबुललाई नियन्त्रणमा लिएपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुनअन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए । तालिवान समूहको खानतलासी र उनीहरुले देखाउन थालेको व्यवहारका कारण अझै पनि हजारौँ मानिसहरु उडानहरुमार्फत राजधानीबाट भाग्ने कोसिस गरिरहेको राष्ट्रसङ्घले तयार पारेको प्रतिवेदनमा लेखिएको छ ।

राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य सो दस्तावेजमा विपक्षीहरुलाई तालिवान समूहका व्यक्तिहरुले धम्क्याउने गरेको दाबी पनि गरिएको छ । तालिबानको नकारात्मक सूचीमा रहेकाहरूलाई एकदमै धेरै सुरक्षा खतरा रहेको र अफगानिस्तानमा आत्महत्याका घटना बढ्न सक्ने चिन्ता पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राजधानी काबुलसहित देशभरि नै अहिले धेरै मानिस त्रसित अवस्थामा रहेको पाइएको छ । काबुलस्थति विमानस्थल बाहिरको अवस्था झनै अस्तव्यस्त रहेको छ । तर तालिबान समूहले भने भाग्न खोज्ने अफगानी नागरिकहरुलाई रोकिरहेको छ ।

तत्कालीन सरकारलाई सघाउन अमेरिकाले खटाएको सेना फिर्ता भएपछि तत्कालीन तालिबान विद्रोही समूहले विभिन्न प्रदेशहरुको राजधानी कब्जा गर्न थालेको एक हप्तामा केन्द्रीय राजधानी कब्जा गरेको हो । उनीहरुले राजधानी कब्जा गर्ने सुनिश्चित भएपछि राष्ट्रपति अशरफ घानीले नै देश छोडेर भागेपछि अफगानिस्तानको शासन अहिले तालिवान समूहको हातमा आएको छ । राष्ट्रपति भागेसँगै उनीहरू २० वर्षपछि पुनः अफगान सत्तामा पुगेका छन् । बीस वर्षअघि अमेरिकी नेतृत्वको फौजले उनीहरुलाई सत्ताबाट हटाइदिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP