Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

देश र नागरिककाे सेवाबाहेक मेराे अरू कुनै जागिर छैन : केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै काम नभएको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डाैकाे चन्द्रागिरि हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको स्पष्ट पार्नुभयो ।

उहाँले जसले चाहे पनि आफूलाई सदुपयोग गर्न सक्ने बताउनुभयो । जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै अध्यक्ष ओलीले आफू त्यसका लागि तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको, नागरिककाे सेवाबाहेक छुट्टै जागिर छैन । केही पनि छैन । त्यस कारण जसले जहाँ समाएर काम लगायो, हलो जोत भन्यो, हलो जोत्यो । पर्खाल लगाऊ भने पर्खाल लगायो । घर छा भने घर छायो । ट्र्याक्टर चला भने चलायो । भिराडिल बनाऊ भन्यो बनायो । सम्म पार भन्यो, सम्म पार्‍याे । जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु । तपाईँहरू काम लगाउनुहोस् ।’

कार्यक्रममा उहाँले शिक्षा सुधारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । चन्द्रागिरि नगरपालिका १९ मा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले त्यस क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दा– बस्दै कविता लेखेर वाचन गर्नुभएको थियो । शीर्षक आफैँ राख्नुहोस् उहाँकाे कविता यस्ताे छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP