ओली र नेपाल दुवैको साथ पाउनेमा अष्टलक्ष्मी ढुक्क, यस्तो छ बागमतीको अंकगणित

५ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपाल दुवैको साथमा विश्वासको मत लिनेमा ढुक्क छिन् । उनले आज ओली र नेपाल दुवैको साथ रहेको दाबी समेत गरिन् ।

एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा राजधानीमा बोल्दै शाक्यले भनिन्, दुवै म मुख्यमन्त्री हुनुमा दुवै नेताहरुको सहमति र साथ छ ।

आफू मुख्यमन्त्री पदका लागि नभई पार्टी एकताका लागि पछिल्लो कदम चाल्ने निर्णयमा पुगेको बताइन् । उनले १० बुँदे सहमति कार्यान्वयन गरी पार्टी एकजुट बनाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, एमाले एकताको विकल्प छैन ।

ओली नेपाल दुवैले सहमति गरेर अहिलेको स्थितिलाई उल्टाउने अवस्था आउने विश्वास व्यक्त गरिन् । उनले केही समयपछि एमाले एक हुने र त्यस दिशामा आफू दृढतापूर्वक उभिएको बताइन् ।

बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले भदौभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । एमालेका सबं सांसदले पक्षमा मतदान गरेमा शाक्यको मुख्यमन्त्री पद जोगिनेछ । बागमती प्रदेशको १०९ सांसदमध्ये एमलोको पक्षमा ५६ सांसद छन् । माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२ र नेमकिपा, विवेकशीललगायत दलका ८ सांसद छन् ।

एमालेको कुल सांसदमध्ये माधव नेपाल पक्षका १५ देखि २० सांसद छन् । उनीहरुले शाक्यलाई समर्थन नगरे नयाँ परिस्थिति विकास हुन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP