Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

प्रचण्डलाई कृष्णगोपाल श्रेष्ठले भने: मान्छे नमारी भातसमेत नरुच्ने मान्छे

५ भदौ । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठ विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र श्रेष्ठले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपालप्रति कटु वचन प्रयोग गरेका छन् ।

काठमाडौं, क्षेत्र नं ९ र १४ नम्बर वडा पार्टी कार्यालयको संयुक्त उदघाटनमा बोल्दै श्रेष्ठले प्रचण्डलाई मान्छे नमारी भातसमेत नरुच्ने मान्छे भने । उनले प्रचण्डबारे भने, ‘मान्छेको हत्या नगरी भातसमेत नरुच्ने मान्छेलाई पार्टी अध्यक्ष स्वीकार्ने काम भयो, त्यो गलत थियो ।’ प्रचण्ड बाहिरिएको भन्दै त्यसले ठिक भएको बताए ।

श्रेष्ठले माधव नेपाललाई ‘विषालु सर्प’ को संज्ञा दिए । उनले विषालु सर्प बाहिरिएकाले अब एमाले शुद्ध हुने बताए । विषालु सर्प एमालेबाट बाहिरिएको छ, अब एमाले शुद्धीकरण भई सशक्त रुपमा बढ्छ । पार्टीका कतिपय कार्यालयहरु माधव नेपाल पक्षले हडप्न खोजेको भन्दै आलोचना गरे । माधव नेपाल समूहलाई ‘दुष्टहरुको झुण्ड’ भने ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP