तालिवानले युद्धका लागि कहाँबाट रकम जुटाए, क-कस्को पाए साथ

५ भदौ । सैन्य फौज र बहादुरीले मात्र युद्ध लडिदैन । त्यसमाथि विश्वकै शक्तिशाली सैन्य शक्तिसँग लड्ने सामान्य विषय होइन । त्यो पनि केही दिन या महिना होइन २० वर्ष । तालिवानले विश्वकै शक्तिशाली अमेरिकी सैन्य शक्तिसँग २० वर्ष लडे । त्यसका लागि उनीहरुले कहाँबाट खर्च जुटाए ? चासोको विषय हुन सक्छ ।

तालिवानले सन् २००१ मा काबुलमा नियन्त्रण कायम गरेका थिए । उनीहरु ५ वर्षमात्र शक्तिशाली रहे । अमेरिकीलगायत पश्चिमा सैन्य बलले तालिवानलाई शक्तिबाट हट्न वाध्य बनाएको थियो । तर, १५ अगष्ट २०२१ मा तालिवान सत्तामा फर्किए । उनीहरुले अफगानिस्तानका प्रमुख शहर हुँदै काबुल कब्जा गरे ।

अमेरिकी सैनिकबाट हतियार र तालिम पाएको अफगानी सरकारी सेनालाई तालिवानले पराजित गरेका थिए । अफगानी सरकारी सैनिकले ८० अर्ब अमेरिकी डलर बराबरको सैन्य सामाग्री र तालिम पनि पाएका थिए । तर, उनीहरु तालिवानका सामु एक महिना पनि टिक्न सकेनन् ।

सन् २०२० को संयुक्तराष्ट्रसंघीय सुरक्षा परिषद्को रिपोर्ट अनुसार तालिवानले ३० करोड डलर देखि डेढ अर्ब डलरसम्म वार्षिक रकम जोहो गर्थे । तालिवानको मुख्य आम्दानी स्रोत लागूऔषधको व्यापार रहेको रिपोर्टमा भनिएको छ ।

अवैध लागूऔषध उत्पादनका प्रयोगशालाहरुमा तालिवानको नियन्त्रण कायम छ । उनीहरुले अफिम खेतीलाई उत्तिकै प्रोत्साहित गरे । विश्वको सबैभन्दा बढी अफिम उत्पादन हुने अफगानिस्तानले यूरोप, मध्यपूर्व, दक्षिण एशिया, अफ्रिका, उत्तर अमेरिकालगायतका देशहरुसम्म आपूर्ति हुनेगर्छ । त्यसमा तालिवानको मुख्य भूमिका रहेको उल्लेख छ ।

तालिवानले अवैध खानीलाई समेत प्रयोगमा ल्याए । त्यसबाट ठूलो धनराशी जोहो गरे । तालिवानी संस्थापक नेता मुल्ला मोहम्मद ओमारका छोरा मुल्ला मोहम्मद याकुबले यो क्षेत्रमा भूमिका खेलेका थिए ।

सन् २०२० को रिपोर्टमा भनिए अनुसार एक अर्ब ६० करोड डलर तालिवानको वार्षिक आयमध्ये ४१ करोड डलर लागूऔषध व्यापार, ४५ करोड डलर गैरकानुनी रुपमा सञ्चालित सुन, फलाम, मार्बल, तामा र रेयर मेटलका खानीबाट देखिन्छ । १६ करोड पकड क्षेत्रबाट उठाउने कर, जर्बजस्ती असुलीबाट पनि आय उल्लेख छ । वार्षिक १४ करोड डलर खाडी राष्ट्रहरुबाट चन्दावापत् पाएको रिपोर्टमा उल्लेख छ ।

तालिवानको अफगानिस्तान र पाकिस्तानमा ८ करोड डलर बराबरको सम्पत्ति भएको पनि उल्लेख छ । उसले पाकिस्तानबाट पनि हतियार पाएको अध्ययनहरुले भनेका छन् । कतिपय अध्ययनले पाकिस्तानी खुफिया एजेन्सी आइएसआइ र पाकिस्तानी सेनाबाट पनि तालिवानले हतियार पाएको विषय उठ्दै आएको थियो । अमेरिकी नेता र सैन्य अधिकारीहरुले खुलेरै पाकिस्तानले तालिवानलाई सहयोग गरेको बोल्दै आएका थिए ।

पश्चिमी अफगानिस्तानमा तालिवानलाई इरानले हतियार उपलब्ध गराएको अफगानी सेनापति जनरल सारिफ याफटालीले सार्वजनिक रुपमै बोलेका थिए । अमेरिकालाई काउन्टर दिन इरानले तालिवानलाई हतियार, तालिम र पैसा दिएको सन् २०१९ को अमेरिकी प्रतिरक्षा खुफिया एजेन्सीको रिपोर्टमा भनिएको छ । अमेरिकाले रुसले पनि तालिवानलाई सहयोग गरेको आरोप लगाएको छ ।

अमेरिकालाई अफगानिस्तान नीतिमा कमजोर बनाउन रुस, पाकिस्तान, इरानलगायत देशहरुले तालिवानलाई सहयोग गरेको विषय उठ्दै आएको छ । विगतमा रुसलाई अफगानिस्तान मामलामा असफल बनाउन अमेरिकाले तालिवानलाई सहयोग गरेको थियो । अहिले रुसले त्यस्तै नीति अपनाएको छ । पछिल्लो समय तालिवानलाई चीनले पनि साथ दिएको विषय उठ्न थालेको छ । तालिवानी नेताहरु अफगानिस्तानमाथि नियन्त्रण कायम गर्नुभन्दा २ हप्ता अघि रुस र चीन भ्रमण गरी उच्चस्तरीय राजनीतिक भेटघाट गरेर फर्किएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP