एक सातामै बिक्यो ६० टन क्वाँटी

भदौ ६ । जनै पूर्णिमा अर्थात क्वाँटी पुन्हि दिनका लागि साता दिनभित्रमै करीब १२ करोड रुपैयाँ बराबरको क्वाँटी विक्री भएको छ । खुद्रा व्यापार संघका अनुसार देशैभर १ साताको अवधिमा करीब १२ करोड रुपैयाँ बराबरको ६० टनभन्दा बढी क्वाँटीको विक्री भएको हो ।

श्रावणशुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा मनाइन्छ । यस दिन रक्षा बाँधिन्छ, नयाँ जनै लगाइन्छ र मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी, बकुल्लालगायत ९ प्रकारका गेडागुडीको मिश्रणलाई भिजाएर टुसा उमारेर क्वाँटी खाने प्रचलन रहेको छ । क्वाँटी खासगरी नेवारी समुदायमा प्रचलनमा रहे पनि अहिले धेरैले क्वाँटी खाने गरेको पाइन्छ । यसरी क्वाँटी बनाएर खाँदा मधुमेह, बाथ, मुटुरोगलगायत पेटको रोगबाट समेत छुटकारा पाइने जनविश्वास रहिआएको छ ।

कोरोना महामारीका कारण गाडीको ढुवानी भाडा, मजदूरको पारिश्रमिक आदि कुराहरू बढेकाले अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष क्वाँटीको मूल्य पनि बढेको व्यापारीहरू बताउँछन् ।

विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटीको सेटको मूल्य अहिले बजारमा प्रतिकिलो १ सय ९० देखि २ सय ५० रुपैयाँसम्म पर्ने गरेको संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले आर्थिक अभियान दैनिकसँग बताए । यस अघि यसरी बनाइएको सेटको मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँसम्म पर्ने गरेको उनी बताउँछन् ।

उनका अनुसार त्यसमा मिसाइएका गेडागुडीको प्रकार र त्यसको गुणस्तरअनुसार मूल्य तोकिएको हुन्छ । ‘कसैकसैले १२÷१५ किसिमका गेडागुडी पनि मिसाएकाले मूल्य धेरै पर्छ,’ उनले भने ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष हरियो केराउको मूल्य प्रतिकिलो ५० रुपैयाँले बढेर ९० रुपैयाँबाट १ सय ४० रुपैयाँ पुगेको छ । सेतो केराउको मूल्य प्रतिकिलो ७० रुपैयाँबाट बढेर १ सय रुपैयाँ सम्म पुगेको छ । त्यसैगरी चना, सिमी, मासलगायत अन्य गेडागुडीको मूल्य पनि गत वर्षको तुलनामा प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्म बढेको संघले जानकारी दिएको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP