खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि

भदौ ६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निःशुल्क खोप दिलाउने घोषणा गर्नुभएको थियो ।

देउवा प्रधानमन्त्री भएयता भदौ ५ गतेसम्ममा ४९ लाख ३५ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसअघि झन्डै ३६ लाखले मात्रै कोरानाविरुद्धको खोप लगाएका थिए । अहिले खोप लगाउने सङ्ख्या ८७ लाख ७० हजार ७५४ पुगेको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३८ लाख ३५ हजार ६०८ जनाले कोरोनाको दुवै मात्रा खोप लगाएका छन् । त्यस्तै, ३९ लाख ३५ हजार ५६ जनाले पहिलो मात्रा लगाएका छन् । कोरोनाको दुवै मात्रा खोप लगाउने (भदौ ३ गतेसम्मको तथ्याङ्कअनुसार) जनसङ्ख्या १३ प्रतिशत पुगेको छ भने पहिलो मात्रा लगाउने १६ दशमलव आठ प्रतिशत छ ।

देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै मात्रा खोप लगाउनेको सङ्ख्या तीन दशमलव नौ प्रतिशतमात्रै थियो भने पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या नौ दशमलव एक प्रतिशतमात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको सङ्ख्या झन्डै दोब्बर पुगेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP