Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

पत्रकारको मोटरसाइकलमा लागुऔषध राख्ने प्रहरीमाथि छानबिन गर्न माग

६ भदौ । लागुऔषधसहित रौतहट एक्सप्रेसका संचालक तथा पत्रकार मोहम्मद मोजिबुल्लाहलाई प्रहरीले केही दिन अगाडी पक्राउ गरेको थियो । पत्रकार मोजिबुल्लाहलाई प्रहरीले नै फसाउन खोजेको भन्दै पत्रकार महासंघ रौतहटले घुमुवा प्रहरीमाथि छानविन गर्न माग गरेको छ ।

पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीकै संलग्नतामा अन्य व्यक्तिको लागुपदार्थ राखेर पक्राउ गर्न लगाएको महासंघले जनाएको छ । उनको मोटरसाइकलमा लागुऔषध ट्याबलेट राख्ने कार्य गर्दै गर्दाको सीसीटीभी फुटेजमा देखिन्छ । फुटेजमा पत्रकार मजिबुल्लाह गत साउन ३२ गते सदरमुकाम गौरस्थित होटल ग्रिन सिग्नलमा खाजा खान बसेको बेला बाहिर पार्किङ गरी राखेको मोटरसाइकलको तल १ सय ५० पिस प्रतिबन्धित नाइट्रोभेट लागुऔषध बाँधेको देखिन्छ ।

घुमुवाकै योजनामा नाटकीय ढंगले पक्राउ गरिएका पत्रकार मोजिबुल्लाह लागुऔषधको कारोबारमा संलग्न भनेर प्रहरीले प्रचार गरेको थियो । मोजिबुल्लाको साथै मोटरसाइकल चलाउने सहकर्मी राजपुर नगरपालिका–७ का शेख गुलाबलाई समेत पक्राउ गरेर हिरासतमा राखेको छ । घटनापछि जिल्लाभरिका पत्रकार भेला भएर सीसीटीभी फुटेज हेरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP