Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

बाढीले एक घर बगायो, ४५ घर जोखिममा

७ भदौ: बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो ।

वडा नं ३ भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीले बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको जानकारी दिए । “नारायण पुन र तिलाराम थापाका घर उच्च जोखिममा छन्”, उनले भने “दूधेखोलाको दाँयाबायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ ।” नारायणको गोठमा बाँधेको दुहुना भैंसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ ।

करिब सात सय मिटरको दुरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ । कोप्रेतर्फ पनि कटानको जोखिम छ । बाढीका कारण बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका चार वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरङजा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाँडा र बरङजा सिधायातायात सम्पर्क विच्छेद भएको छ । सो क्षेत्रका किसानलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ । खानेपानी र सिँचाइका पाइप बाढीले बगाएको छ । हल्लेगौँडाको पहिराका कारण दूधेखोला–हल्लेगौँडा–डाडाँखानी हुँदै भकिम्ली जोड्ने सडक गत जेठ देखि नै अवरुद्ध छ ।

दूधेखोलाको बाढीले म्याग्दी खोला बग्ने ठाउँलाई साँघुरो बनाउँदा तलाउ बनेको छ । तलाउका कारण चुत्रेनीमा डुबान र कटानको जोखिम बढेको छ । राति १ः०० बजे भूकम्प जाँदाको जस्तो कम्पन आएपछि घर बाहिर निस्किँदा बाढी आएको देखेको र सुरक्षित ठाउँमा गएर रात कटाएको स्थानीयवासी ओमबहादुर घर्तीमगरले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP