राजा राजेन्द्रले प्रचण्डलाई ‘कलौटे’को संज्ञा दिए

७ भदौ । रिपोर्टर्स क्लब नेपालले सदाझैं यो वर्ष पनि गाईजात्रा पर्वको अवसरमा ‘कलाकारहरुसँग साक्षात्कार’ कार्यक्रमको आयोजना गरेको छ । आज (सोमबार) ख्याँतिप्राप्त हाँस्यकलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटारो हानेका छन् । कलाकारले नेता, कर्मचारीदेखि जनतासम्मलाई ब्यङ्ग्यमार्फत झटारो हानेका हुन् ।

हाँस्यकालाकारहरुले नेताको व्यवहार, शैली र प्रवृत्तिलाई आफ्नो व्यङग्यको निसाना बनाएका थिए । कलाकारहरुले देशमा भएका भ्रष्टाचार, बलात्कार, ठगी र सामाजिक संजालमाथिका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङग्य प्रस्तुत गरे । सरकारको नेतृत्व गरिरहेका नेताहरुलक्षित गरेर गाइजात्रा विशेष व्यङग्य प्रस्तुत गरेका थिए ।

गाइजात्रा बिशेषमा हाँस्यकलाकार राजाराजेन्द्र पोखरेलले पछिल्लो समयको राजनितिक घट्नाक्रमको बारेमा व्यंग्य गरे । उनले अन्तर्वार्ता लिन बोलाउने तर प्रश्न सोध्दा रिसाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङग्य गरे । उनले बाबुरामलाई ट्विटरमा धेरै गाली खाने भन्दै जति गाली खाएपनि ट्विट गर्न नछाडेको गहिरो ब्यङग्य गरे ।

राजारामले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’लाई कलौटेको संज्ञा दिए । उनले नेपालका नेताहरुले ३ सय ६५ दिन नै कमेडी गर्ने बताए । वास्तविक कलाकारले कहिलेकाही मात्र हसाउने उनको भनाई थियो ।

देशमा हाल रामराज्य भएको जिकिर गर्दै उनले ‘दाईंमा मियो मात्र नभएको मात्रै हो’ भन्दै कविता वाचन गरेका थिए । उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई प्यारोडीमार्फत प्रस्तुत गरेका थिए । उनले जनताहरुलाई भेडाको संज्ञा दिँदै नेताहरुको ‘रक्सी र मासुमा बिक्ने’ भन्दै झटारो हानेका थिए ।

उनले पत्रकार ऋषि धमलालाई पनि छोडेनन् । पत्रकार धमलाले अन्तर्वार्तामा २ नेतालाई बोलाएर झगडा गराएर पछि ती झगडा गर्ने नेतालाई चुप लाग्न लगाउने गरेको भन्दै प्रंशसा गरे । उनले धमलालाई नेपाललाई सुधार्न ‘जनता जान्न चाहान्छन् होइन अब नेता जान्न चाहान्छन् कि चाहादैनन्’ भन्ने कार्यक्रम चलाउन पनि आग्रह गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP