Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

माधव नेपाल ब्याक भए बामदेवले नयाँ दलको लगाम समात्ने

७ भदौ । नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता नहुँदै जग हल्लिएको छ । संयोजक माधवकुमार नेपालले आशा गरेभन्दा विपरित परिस्थिति विकास हुन थालेको छ । उनलाई लामो समय साथ दिएका भीम रावललगायतका नेताहरु एमाले फुटाउने पक्षमा उभिएनन् । उनीहरु एमालेमै रहने निर्णयमा पुगेका छन् ।

नेकपा एसमा रहेका भनिएका सांसदहरु नै एमालेमा फर्कने अवस्था विकास भएको छ । यसले माधव नेपालमाथि संकट आएको छ । उनले एमालेमा फर्कनेबारे शर्तसहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । यो सम्भावना कमजोर छ । तर, असम्भव छैन ।

एमालेमा माधवकुमार नेपाल फर्किएमा बामदेव गौतम अगाडि बढ्न ठिक्क परेका छन् । उनले माधव नेपाललाई साथ दिने सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् । विगतमा केपी शर्मा ओलीलाई पटक पटक साथ दिदा पनि धोका दिएको र चुनावमा पैसाको खोलो बगाएर हराएको आरोप लगाएका छन् ।

गौतम एमाले विभाजनको योजनाकार पनि हुन् । तर, उनी फुटेको पार्टीमा गएका छैनन् । एमाले बैठकमा गएर विधिवत् रुपमा राजीनामा दिएर नेकपा एसमा जाने भएका छन् । तर, माधव नेपाल नयाँ निर्माण हुन लागेको दलबाट ब्याक भएमा गौतम नै अगाडि बढ्ने बुझिएको छ । उनी कुनै हालतमा ओलीसँग मिलेर जान नसकिने निष्कर्षमा छन् । उनले निकटस्थसँग भनेका छन्, ओलीलाई परास्त नगरी एमालेमा रहन सकिदैन ।

अहिले निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा गौतम निकट सांसदहरुको उल्लेख्य संख्या छ । उनीसँग लामो समय काम गरेका र नेकपा माले हुँदा रहेकाहरु छन् । नयाँ दल निर्माणमा उनको पनि महत्वपूर्ण भूमिका थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP