Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

भूगर्भ सिमेन्ट प्रालिकाे पीपीसी सिमेन्टका तीन वटै ब्राण्डको बिक्री वितरणमा रोक

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका पैकीवण्डास्थित भूगर्भ सिमेन्ट प्रालिका पीपीसी सिमेन्टका तीन वटै ब्राण्डको बिक्री वितरणमा रोक लगाइएको छ । गुणस्तर परीक्षणमा असफल भएपछि नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौंले अपोलो, क्रयाष्टल र देउराली ब्राण्डमा रोक लगाएको हो ।

जिल्लाको कृष्णनगर नगरपालिकाका उपभोक्ता रमाकान्त चौधरीले उद्योगद्वारा उत्पादित देउराली ब्राण्डको सिमेन्टले छत ढलान गर्दा चर्किएर क्षति भएपछि गुणस्तरहीन भएको उजुरी गरेपछि सिमेन्टको नमूना परीक्षण गरिएको थियो । विभागको प्रयोगशालामा परीक्षण गर्दा भारवहन क्षमता नेपाल गुणस्तर अनुसार नभएको पाइएको हो ।

सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ परीक्षण गर्दा तीन दिनको नतिजा १६ एमपीए आउनु पर्नेमा ९ मात्रै आएको थियो । यस्तै ७ दिनको भारवहन क्षमता २२ एमपीए आउनु पर्नेमा १५ मात्रै आएको विभागले जनाएको छ ।

गुणस्तर ‘फेल’ भएपछि सिमेन्ट उद्योगबाट उत्पादित सबै प्रकारका पीपीसी सिमेन्ट विक्री बितरणमा रोक लगाइएको विभागका निरीक्षण तथा बजार अनुगमन शाखा निर्देशक सञ्जिवकुमार ठाकुरले बताए । गुणस्तरहीन पाएपछि विक्री वितरणमा रोक लगाई कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधिएको छ ।

गुणस्तर फेल भएको सिमेन्ट विक्री वितरणबारे कम्पनीले चित्त बुझ्दो जवाफ नदिए थप कारबाही अघि बढाउने उनले बताए । उपभोक्ता चौधरीले कृष्णनगर बजारमा जेठ २४ मा पहिलो तला घरको छत ढलान गरेका थिए । जेठ २३ गते उत्पादन मिति रहेको देउराली सिमेन्ट प्रयोग गर्दा अर्कोदिन छत चर्किएको थियो ।

ठाउँठायउँमा प्वाल परेको थियो । ६÷७ ठाउँमा स–साना खाल्टो बनेको थियो । दुई हजार ७ सय स्क्वायर फुट छत ढलान गर्दा १० लाख बढी क्षति भएको छ । करिब एक लाखको एक सय ८० बोरा देउराली सिमेन्ट खरिद गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP