Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

जेलबाटै २ अर्ब जर्बजस्ती उठाउने कैदी, अभिनेत्रीको साथ

एजेन्सी, ८ भदौ । कैद सजाय भोगिरहेको व्यक्तिले आपराधिक कार्य गर्न सक्ला । त्यसमा पनि २ अर्ब जर्बजस्ती उठाउन सक्ला । तर, त्यस्तै घटना भारतमा भएको छ । यो तालिम नाडुको घटना हो जहाँबाट एक कैदीले २ अर्ब भारतीय रुपैयाँ जर्बजस्ती उठाएका छन् । घटनामा नाम चलेका व्यक्तिहरु समेत मुछिएका छन् ।

यो प्रकरणमा तिहार जेलमा रहेको सुकेश चन्द्रशेखरकी सहकर्मी लीना मारिया पाँललाई छानविन निकायले सोधपुछ गरिरहेको छ । उनी अभिनेत्री हुन् । चर्चित वेब सिरिज मद्रास क्याफेमा समेत भुमिका निर्वाह गरेकी छिन् ।

विगतमा पनि उनलाई सुकेश चन्द्रशेखरको सहकर्मी भन्दै प्रहरीले सोधपुछका लागि बोलाइरहेको थियो । सुकेश चन्द्रशेखरले जेलमै बसी २ अर्ब जर्बजस्ती असुली गरेको आरोपमा अनुसन्धान चलिरहेको छ । यो प्रकरणमा उनको सहकर्मीलाई सोघपुछ गरिएको हो ।

चन्द्रशेखर आफूलाई सरकारी निकायको कर्मचारी भन्दै उद्योगपतिहरुसित जर्बजस्ती पैसा उठाउने कार्य गरिरहेका थिए । उनले जेलभित्रैबाट उद्योगपतिकी श्रीमतीसित पैसा उठाउन खोज्दा उनको सहकर्मी लीनालाई अनुसन्धान निकायले सोधपुछ गरिरहेको टाइम्स अफ इन्डियाले लेखेको छ । दिल्ली प्रहरी र ईडीले सोधपुछ सुरु गरेको जनाइएको छ ।

उनका दुई सहकर्मीलाई प्रहरीले हिरासतमा लिइसकेका छन् । दिल्ली प्रहरीका अनुसार रोहिनी जेलमा हुँदा उनले उद्योगपतिलाई पैसा मागेका थिए । ईडीले हालैमा उनको चेन्नाई स्थित रहेको बंग्लोबाट १६ वटा हाईफाई कार, ८२ लाख भारतीय रुपैयाँ र दुई केजी सुन जफ्थ गरिसकेको टाइम्स अफ इन्डियामा उल्लेख गरिएको छ । लीनालाई क्नारा बैँक बाट १९ करोड घोटाला गरेको आरोपमा सुकेशको साथमा प्रहरीले सन् २०१३ मै गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP