Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

झलनाथ खनालले भीम रावल, सुरेन्द्र पाण्डेलगायत साथ छाड्नेलाई अवसरवादी भने

काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले विभाजनमा साथ नदिने मध्यमार्गी धारका नेताहरुलाई अवसरवादी भनेका छन् । उनले अवसरवादमाथि समेत दरिलो हमला गर्नुपर्ने बताए ।

नयाँ दिल्लीस्थित एपोलो अस्पतालको शैयाबाट नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै खनालले भीम रावल, सुरेन्द्र पाण्डेलगायत नेताहरुको नाम नलिई मध्यपन्थको नाममा अवसरवादी बनेको आरोप लगाए । उनले विगतमा आफूहरुको समूहमा रहेर साथ छाडेकालाई लक्षित गर्दै भने, ‘मध्यपन्थ भनेको पनि अवसरवादको रुप हो । त्यसले अन्ततः दक्षिणपन्थलाई सघाउँछ ।’

मध्यपन्थको आयु लामो नहुने भन्दै आफूसँग त्यस्ता घटनाको लामो अनुभव भएको सुनाए । उनले नयाँ पार्टी गठनलाई अग्रगति रोकिएपछिको विद्रोह भने । उनले भने, नवनिर्माण र नयाँ पार्टी निर्माणका लागि विद्रोह हो । प्राविधिक कारणले विद्रोह रोकिदैन ।

खनाललाई नयाँ दिल्लीमै पुगेर सुरेन्द्र पाण्डे र भीम आचार्यले भेटेर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए । तर, खनालले आफू विद्रोहको पक्षमा रहेको बताएका थिउ । पाण्डे र आचार्य एमालेमै रहेका छन् । दुवै नेताहरु लामो समय खनालको साथमा थिए ।-

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP