भौतिक रूपमै परीक्षा लिन निर्देशन

भदौ ९ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समितिका सभापति जयपुरी घर्तीले कोरोना भाइरसविरुद्धको खोप लगाएर भौतिक रूपमा नै परीक्षा गर्न निर्देशन दिए ।

त्यस अवसरमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसितको समन्वयमा दशैँअगावै भौतिक रूपमा नै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए ।

कक्षा १२ को परीक्षा दिने तयारीमा रहेका विद्यार्थीले प्रवेशपत्रका आधारमा हालै कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । परीक्षाको तयारीमा रहेका तीन लाख ७४ हजार विद्यार्थीले खोपको सुविधा पाएका हुन् । शेषकान्त पण्डितले आजको गोरखापत्र दैनिकमा खवर लेखेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP