Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

अफगानिस्तानबाट नेपालीको उद्वार जारी

काठमाडौं, भदौ ९ । अफगानिस्तानमा उत्पन्न जटिल परिस्थितिका कारण त्यहाँ रहेका कतिपय नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी छ । सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत समिति बनाएर समन्वय गरिरहेको छ ।
मन्त्रालयका अनुसार एक साताको अवधिमा जम्मा ७७० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

मङ्गलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना र कतार एयरको उडानबाट नौ जना गरी थप ११२ जना स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार दुबई उडानबाट ३९, टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ जना नेपाल फर्किएका थिए ।

अफगानिस्तानमा कति नेपाली छन् यकिन तथ्याङ्क कसैसँग छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत पछिल्लो दुई वर्षयता श्रम स्वीकृति लिएर अफगानिस्तान गएका नेपाली नागरिकको सङ्ख्या तीन हजार ९१३ जना रहेको मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले जानकारी दिए।

अनौपचारिक क्षेत्रबाट अफगानिस्तान पुग्नेको सङ्ख्या पनि ठूलो रहेको बताइन्छ तर यसको तथ्याङ्क कसैसँग छैन । चाँदनी हमालले आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP