Trending
flash विजयनगरका ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन सम्पन्न समाज वैशाखयता विपद्जन्य घटनामा परि ३ सय ५३ जनाको ज्यान गयाे flash एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे flash प्रेस सेन्टर नेपाल कपिलवस्तुमा बेल्वासेको नेतृत्व अन्तर्राष्ट्रिय सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको भनाइ समाज तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्रीको माला भारतबाट आयात हुँदै अन्तर्राष्ट्रिय अमेरिकालाई चीनको चेतावनी राजनीति राप्रपाकाे ५४ जिल्लामा अधिवेशन सकियाे flash प्रेस सेन्टर कपिलवस्तुकाे अध्यक्षमा बेल्बासे, २१सदस्य कार्य समिति चयन समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या

गण्डकी प्रदेशका अर्बपति मन्त्री

भदौ १० । गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् ।

कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गत २९ जेठमा पोखरेल नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री पोखरेलले आफ्नो २५ लाख रुपैयाँ ऋण देखाएका छन् भने सबैभन्दा धनी मन्त्रीमा विन्दुकुमार थापा देखिएका छन् । थापाको सम्पति विवरण हेर्दा उनी अर्बपति मन्त्रीको रूपमा देखिएका हुन् । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।

सम्पति विवरणमा मुख्यमन्त्री पोखरेलले दुई वर्षअघि २०७६ सालमा कृषि विकास बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएको जनाएका छन् । उनको नाममा काठमाडौं र तनहुँमा जग्गा छ । नवलपुर गैंडाकोटमा ०।३ रोपनी, ४ आना डेढ पैसा जग्गामा साढे दुईतले पक्की घर छ । उक्त घरजग्गा पैतृक सम्पत्ति बेचेर खरिद गरेको उनले जनाएका छन् ।

पोखरेलको नाममा काठमाडौंमा १५ आना २ दाम जग्गा छ । सो जग्गा बैंकबाट ऋण लिएर १५ लाख रुपैयाँमा खरिद गरेको उनले बताएका छन् । साथै ५ तोला सुनसमेत रहेको उल्लेख छ । श्रीमती लताको नाममा २० लाख रुपैयाँको घर छ । तलबबाट आएको ५ लाख एभरेस्ट बैंकमा रहेको भनी आम्दानी देखाएका छन् ।

सार्वजनिक सम्पत्ति विवरणमा सबैभन्दा धनी विन्दुकुमार थापा देखिएका हुन् । उनी कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री हुन् । उनले पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा देखाएका छन् । पोखराका घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायत व्यवसायीसमेत रहेका थापाको यसअघि नियुक्तिमै विवाद उत्पन्न भएको थियो । शपथ खान तनहुँबाट पोखरा आउँदै गरेका डोबाटे विकलाई पछि पार्दै मन्त्री बनेका थापाको पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वर्ग मिटरमा घर छ । नयाँ बजारमै ४ हजार ९ सय ९४ वर्ग मिटरमा अर्को घर छ ।

यस्तो छ अर्ब पति मन्त्रीको सम्पति
– पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा
– पोखरामा घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायतमा करोडांै लगानी
– पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वमीमा घर छ ।
– नयाँ बजारमै ४ हजार ९ सय ९४ वमीमा अर्को घर छ
– यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटलमा मुख्य लगानी
– पर्यटकीय स्थल लेकसाइडस्थित बगैंचा रिसोर्ट, गण्डकी ट्रेड मल, सिटी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्टको स्वामित्व
– ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा छ ।
– विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद
– आफूसहित सगोलको परिवारमा गरी ७ लाख ५० हजार कित्ता सेयर
– ५ बैंकमा ३१ करोड ३ लाख ७० हजार ऋण तिर्न बाँकी
– दुई गाडी
विजय नेपालले आजको राजधानी दैनिकमा खवर लेखेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP