Trending
अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात समाज ‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’ समाज बर्दियाका बाढीपीडितले अझै पाएनन् राहत राजनीति सरकार-नेकपा ‘विप्लव’ समूहबीच वार्ता राजनीति एकीकृत समाजवादीमा गएका वडा अध्यक्ष चौधरी एमालेमै फर्किए flash विजयनगरमा प्रस्तावित विश्व विद्यालय स्थापना सम्बन्धि अन्तरक्रिया खेल लिभरपुलसँग युनाईटेडको लजास्पद हार, सलाहको ह्याट्रिक समाज मेरापिक क्षेत्रमा बेपत्ता आरोहीको खोजीमा तालिम प्राप्त टोली जाँदै आर्थिक पाँच वर्षमा १० खर्ब लगानी भित्र्याउने लगानी बोर्डको योजना

मनसुनी वर्षाले ६० जिल्ला प्रभावित

भदौ १०। नेपालमा मनसुन भित्रिएपछि दुई महिनामा भएका विपतजन्य घटनाले अधिक क्षति भएको पाइएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई महिनाको मनसुनी विवरण सार्वजनिक गर्दै केही विशिष्ट घटनाले ठूलो क्षति निम्त्याएको उल्लेख गरेको छ । मनसुनी वर्षा निरन्तर जारी छ ।

प्राधिकरणका प्रमुख अनिल पोखरेलले गत वर्षभन्दा यस वर्ष विपत्का घटना कम भएको बताउनुभयो । गत वर्ष यस अवधिमा विपत्का ६८५ घटना भएका थिए । यस वर्ष यही अवधिमा ४५१ वटा विपत्का घटना भएका छन् ।
प्राधिकरणले यस दुई महिनाको अवधिमा ६० जिल्ला मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण प्रभावित बनेको जनाएको छ । प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले विपत्का घटनाले पाँच हजार ११८ जना बासिन्दा विस्थापित हुनु परेको जानकारी दिए ।

उनले भने, “घटना अघिल्लो वर्षभन्दा कम भए पनि केही घटनाले क्षतिको दायरा बढाएको छ । अझै एक महिना मनसुनको अवधि बाँकी नै रहेकाले त्यो दायरा बढ्न सक्छ ।” सिन्धुपाल्चोकमा लेदोसहितको बाढी, मनाङमा पहिरो तथा बाढी, बाजुरामा पहिरो र गोर्खा एवं लमजुङको बाढी तथा पहिरो यस वर्षको विपत्का ठूला घटना हुन् । यीलगायत दिनहुँजसो विपत्का कारण भौतिक क्षति हुने क्रम जारी छ ।

यस अवधिमा बाढीका ८२ घटनामा परेर २९ जनाको मृत्यु भएको छ । बाढीमा परेर २८ जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन् । देशभर पहिरोका १८९ घटना भएको पाइएको छ । पहिरोमा परी ४० जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । पहिरोमा परेर ५८ जना घाइते भएका थिए ।

प्राधिकरणका अनुसार भारी वर्षाका १८२ घटना रेकर्ड भएका छन् । भारी वर्षामै परेर पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । यस अवधिमा चट्याङ लागेर २० जनाको ज्यान गएको छ । सर्पको डसाइबाट १० जनाको मृत्यु भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP