Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

संस्थापन पक्ष वैधानिक रुपमा पार्टी कब्जा गर्न लाग्योः केसी

भदौ १० । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिह केसीले संस्थापन पक्ष वैधानिक रुपमा पार्टी कब्जा गर्न लागेको आरोप लगाएका छन् । मनपरी क्रियाशील सदस्यता थपेर वा कटौती गरेर जिल्ला जिल्लामा कार्यकर्ताबीच झगडा गराउन लागेको उनको तर्क छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “एक साता अघि टुंगो लगाउनुपर्ने ८ लाख ५० लाख क्रियाशील सदस्यको नामावली १० गतेसम्म पनि सार्वजनिक भएको छैन । आज ५२ जिल्लाका सभापति २४ घन्टे रिले अनशन बस्नुपर्ने अवस्था आयो । मनपरी नाम कटौती गर्ने, थप्ने गरेकाले यसमा हिचकिचाहट भइरहेको हाम्रो गम्भीर आशंका छ । यो वैधानिक ढंगले पार्टी कब्जा गर्ने नियतले भइरहेको हाम्रो बुझाइ छ । महाधिवेशनको पहिलो प्रक्रिया क्रियाशील सदस्यको नाम टाँस, दाबी विरोध, नाम सच्चाउने समय दिनुपर्यो नि । एकैचोटि वडामा नामावली पठाएर कार्यकर्तालाई कुस्ती खेलाउने ? केन्द्रबाट टुंग्याएर वडामा जानुपर्छ भन्ने हाम्रो माग हो ।”
नेता केसीले क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएसम्म रिले अनशन जारी रहने पनि बताए । उनले भने, “महाधिवेशन हाम्रो ठूलो पर्व हो । वडा अधिवेशन बिथोल्ने नियतले हामीले अनशन र धर्ना बसेका होइनौं । हाम्रो पार्टीको लोकतान्त्रिक प्रक्रिया, विधि र विधानअनुसार हुनुपर्यो भनेका हौं । हामीले विगतमा विशेष अधिवेशन, अग्रीम महाधिवेशनका कुरा उठायौं । पार्टी नेतृत्वले सुनुवाइ गरेन । तमाम कांग्रेसजनको माग सम्बोधन नगरी कसरी महाधिवेशन हुन सक्छ ?”
उनले ३५ जिल्ला सभापतिलाई निगाह बाहेक महासमितिमा भाग लिन नपाउने स्थिति खडा गरिएको पनि बताए । उनले थपे, “निर्वाचन निर्देशिकाले महाधिवेशन प्रतिनिधिबाट मात्र उम्मेदवार हुन पाउने र क्षेत्रीय प्रतिनिधिबाट सभापति हुन पाउने दुईथरी व्यवस्था गरेको छ । महासमितिमा जिल्ला सभापतिले किन भाग लिन नपाउने ? केन्द्रीय समितिले पटक पटक विधानका धारा फुकुवा, निलम्बन गरेको छ । केन्द्रीय समितिले चाहेको खण्डमा यसमा एकरुपता दिन सक्छ । महाधिवेशनले मात्र सच्चाउन मिल्छ भन्न मिल्दैन ।”

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP