Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई शाखा व्यवस्थापन तालिम

१० भदौ । आफ्ना कर्मचारीहरुलाई एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले शाखा व्यवस्थापन सम्बन्धि तालिम दिएको छ ।

लुम्बिनी प्रदेश र कर्णाली प्रदेश अन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा गरी २५० जना भन्दा बढी कर्मचारीहरुलाई विभिन्न मितिमा १ दिने व्यवसाय प्रवद्र्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन सम्बन्धि तालिम दिएको कम्पनीले जनाएको छ ।

संस्थाका कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगाना, व्यवसाय प्रवद्धर्न विभागका राकेश श्रेष्ठ र कर्जा विभागका रमेश खनालले कर्मचारीहरुलाई तालिम दिएका थिए । उनीहरुले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्ष २०७८÷७९ को लक्ष्यको जानकारी, व्यवसाय विस्तारका रणनीतिहरु, शाखा तथा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तरीयता, समुह प्रवेश पूर्व तालिम र कर्मचारी उत्प्रेरणा लगायतका विषयवस्तुहरु प्रशिक्षण दिएका हुन् ।

यस आर्थिक वर्षमा लघुवित्त क्षेत्रकै सबल, सक्षम एवं विश्वसनीय लघुवित्त बनाउनका लागि यस्ता खालका तालिम कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने र कर्मचारीहरुले सदस्यहरुलाई कर्जा सेवा प्रवाह गर्दा परिस्कृत सेवा दिन सक्ने कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगानाले बताए ।

वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले मुलुकभर ७३ जिल्लामा २७२ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP