Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

अब बागलुङमा मौसमसम्बन्धी सूचना दुई दिन अगावै

१० भदौ: बागलुङमा पछिल्लो समय बाढीपहिरो र भूक्षयका घटना बढ्न थालेपछि मौसम विभागले जिल्लाको मौसम पूर्वानुमान जानकारी गराउन थालेको छ । बागलुङ नगरपालिकाका इञ्जिनीयर गौरव शर्माको समन्वयमा मौसम पूर्वानुमानले दुई-दुई दिनका बिचमा जिल्लाको मौसमसम्बन्धी जानकारी पठाउँदै आएको छ ।

उनले विभिन्न फेसबुक पेजमार्फत मौसमका जानकारी नागरिकलाई जानकारी गराउँदै आएका छन् । उनले उच्च जोखिममा मौसम पूर्वानुमान हुँदा वडा तहको विपद् समितिलाईसमेत जानकारी गराउँदै आएको बताए । पूर्व जानकारीले मानवीय तथा भौतिक क्षतिमा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो एक महिनादेखि बागलुङ, ढोरपाटन, जैमिनी नगरपालिका र निसीखोला गाउँपालिकाको मौसमसम्बन्धी जानकारी विभागले दिँदै आएको र नागरिकलाई सूचना जारी गर्न फेसबुकमार्फत आफूले जानकारी दिँदै आएको इञ्जिनीयर शर्माको भनाइ छ ।

आजको मौसमी प्रभावका आधारमा आगामी दुई दिनसम्मको मौसमसम्बन्धी जानकारी उपलब्ध गराइने र मौसम विभागलेसमेत जोखिम तालिकाका अनुसार नागरिकलाई सचेत गराउँदै आएको छ ।

मौसम पूर्वानुमान महाशाखाले इञ्जिनीयर शर्मालाई आवश्यक तालिम प्रदान गरे पश्चात् मौसमसम्बन्धी जानकारी दिन थालेको हो । उनका अनुसार पछिल्लो समय जिल्लामा झरी पर्दा मात्रामा मानवीय तथा भौतिक क्षति पुग्ने भएकाले यसलाई कम गर्न पूर्व जानकारी दिन थालिएको हो ।

“मौसमसम्बन्धी जानकारीले मानवीय तथा भौतिक क्षतिलाई कम गर्छ, तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइन्छ, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जस्ता ठूला सडकमा पहिरो खस्न सक्ने भएकाले पानी परेको अवस्थामा सकभर यात्रा नगर्न सुझाव दिइन्छ” उनले भने,“आज जिल्लामा भएको मौसमका आधारमा दुई दिनको मौसमी पूर्वानुमान गर्न सकिने प्रविधिका कारण जिल्लामा केही समययता सूचना दिन थालिएको छ, ठूला बाढीपहिरो आउन सक्ने विवरण भएमा वडा तहको विपद् समिति, प्रहरीलगायतलाई खबर गरी नागरिकलाई सचेत र सुरक्षित गर्न पहल र समन्वय गरिनेछ ।”

नगरपालिकाको विपद् व्यवस्थापन स्रोत व्यक्तिसमेत रहेका उनले चार पालिकाको मौसमी अनुमानले जिल्लाभर काम गर्ने बताए । मौसम पूर्वानुमान महाशाखाले चार पालिकालाई नै दुई दिन अगावै मौसमसम्बन्धी जानकारी दिँदै आएको छ ।

प्रभावमा आधारित मौसमी विवरणमा दुई दिनको अवधीमा मौसममा आएको प्रभावका कारण हुने अति न्यून, मध्यम र उच्च जोखिम देखाउने गरेको छ । जानकारीमा पानी पर्ने, नपर्ने, कम तथा बढी पर्ने, चट््याङको सम्भावनासमेत देखाउने गरेको छ । मौसमी विवरणमा सम्भावित घटना उल्लेख गरेकाले पूर्वानुमान प्रभावकारी बन्ने मौसम पूर्वानुमान महाखाको भनाइ छ ।

ढुङ्गा खस्न सक्ने, सडक अवरुद्ध हुनसक्ने, खहरेखोला बढेर क्षति गर्न सक्ने, विद्युतीय पोल ढल्न सक्ने, विद्युत् तथा इन्टरनेट अवरुद्ध हुनसक्ने, मध्यपहाडी र करिडोर अवरुद्ध हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिने जनाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP