Trending
राजनीति सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने खेल एसिसी प्रिमियर कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा आर्थिक नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन खेल नेपालले चौथो विकेट गुमायो, दिपेन्द्रसिंह ऐरी आउट राजनीति गीत गाएर बुवालाई भोट माग्दै गायिका ‘सुनिता थेगिम’ खेल नेपालले १५ रन जोड्दा गुमायो तीन विकेट खेल साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने अपराध लागुऔषध मुद्दामा दोषी ठहरिएर फरार रहेका एन्फा उपाध्यक्ष दावा पक्राउ खेल साउदी अरेबियासँगको खेल ८ ओभरमा झारियो, नेपाल पहिला फिल्डिङमा

ओलीविरुद्ध विद्रोह गर्न नेपालको आग्रह

भदौ ११। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाएका छन्। नवौं महाधिवेशनबाट अध्यक्ष बनेपछि ओली स्वेच्छाचारी बन्दै गएर अन्ततः दक्षिणपन्थी बनेको उनको भनाइ थियो। उनले तत्काल ओली र एमालेसँग कुनै पनि प्रकारको सहकार्य हुन नसक्ने स्पष्ट पारे। उनले एमाले नेताकार्यकर्तालाई विद्रोह गरेर ओलीको दबाबबाट मुक्त हुन आग्रहसमेत गरे ।

‘ओलीको दक्षिणपन्थी गतिविधिकै कारण हामी नयाँ पार्टी खोल्न बाध्य भयौं। हामी त्यस्ता दक्षिणपन्थीसँग कुनै सहकार्य गर्नेछैनौं। हामी विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न सक्छौं,’ अध्यक्ष नेपालले भने। एमालेमा अध्यक्ष बनेपछि ओलीले पार्टीमा मनपरी गरेको आरोप लगाउँदै नेपालले सरकारको नेतृत्वमा आएपछि पनि त्यही व्यवहार देखाएपछि उनलाई हटाउने अभियान चलाइएको बताए। ‘ओलीलाई जसरी पनि हटाउनुपर्ने भएपछि त्यसको जिम्मेवारी म आफैँले लिएको थिएँ,’ नेपालले भने।

सरकारमा ओलीको मनपरी चलेपछि आफूले नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपेन्द्र यादव, बाबुराम भट्टराई र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेको उनले दाबी गरे। ‘उहाँहरूसँगको छलफलपछि ओली हटाउने जिम्मेवारी मलाई नै आएको थियो, त्यसको नेतृत्व पनि मैले नै गरेको थिएँ,’ नेपालले भने।

नेपालले एकीकृत समाजवादीका कोही शत्रु नहुने बताए। ‘हाम्रा कोही शत्रु हुनेछैनन्, सबै मित्र हुनेछन्,’ हाम्रो आन्तरिक मामिलामा कसैले हस्तक्षेप नगरून्। हाम्रो संवेदनशीलतालाई सबैले बुझिदिऊन् भन्ने अपेक्षा छ,’ उनले भने। उनले माओवादीसहितका शक्तिसँग सहकार्य हुने पनि बताए। ‘माओवादी केन्द्रलगायत कम्युनिस्ट दलहरूसँग सहकार्य हुनेछ। बाबुरामजीहरूदेखि अन्य शक्तिसँग पनि हामी सहकार्य गर्दै अघि बढ्नेछौं,’ उनले भने । नागरिक दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP