Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

सडक भासिए पनि यातायात अवरोध छैन

११ भदौ: नारायणगढ–मुग्लिन सडक खण्डको चौधकिलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध भएको छैन । सो क्षेत्रमा सडक फराकिलो भएकाले दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझँै सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी ई. शिव खनालका अनुसार सो ठाउँमा ३८ मिटर लामो भाग भासिएको छ । सो क्षेत्रमा बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको उनले जानकारी दिए । दुई मिटर गहिराइसम्म सडक भासिएको छ । खनालले भने, “सो ठाउँमा सडक १३-१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएर सडक रोकिँदैन ।” भासिएको क्षेत्र बाहेकमा दुईतर्फी सवारी सञ्चालन भइरहेको उनको भनाइ छ ।

सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ । नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ । नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले जानकारी दिए । सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी गरिएको उनले बताए । सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा छ । नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बाहिर सञ्चारमाध्यममा आएजस्तो सडक बन्द नरहेको प्रस्ट पारे । उनका अनुसार सडक भासिएको ठाउँमा यातायात अवरुद्ध भएको छैन । वर्षासँगै एकाएक सो ठाउँमा सडक भासिएको हो । बिहीबारदेखि यो सडक भासिन सुरु भएको र आज पनि थप भासिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP