Trending
flash विजयनगरका ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन सम्पन्न समाज वैशाखयता विपद्जन्य घटनामा परि ३ सय ५३ जनाको ज्यान गयाे flash एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे flash प्रेस सेन्टर नेपाल कपिलवस्तुमा बेल्वासेको नेतृत्व अन्तर्राष्ट्रिय सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको भनाइ समाज तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्रीको माला भारतबाट आयात हुँदै अन्तर्राष्ट्रिय अमेरिकालाई चीनको चेतावनी राजनीति राप्रपाकाे ५४ जिल्लामा अधिवेशन सकियाे flash प्रेस सेन्टर कपिलवस्तुकाे अध्यक्षमा बेल्बासे, २१सदस्य कार्य समिति चयन समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या

साउन महिनामा ५ सयले गरे आत्महत्या, विष खाएर मर्नेको संख्या ७३

११ भदौ । गत साउन महिनामा दर्ता भएका कूल ३ हजार ९ सय १६ वटा अपराधमा ४ हजार ९ सय २ अभियुक्तहरू संलग्न रहेका छन् । उनीहरूमध्ये ४ हजार ५ सय २८ पुरुष र ३ सय ७४ महिला रहेका छन् । अपराधमा संलग्नमध्ये ३ हजार ७ सय १६ जना पक्राउ परेका छन् भने १ हजार १ सय ८६ जना फरार रहेका छन् । पक्राउ परेका अभियुक्तहरूको ७६ प्रतिशत छन् भने फरार रहेका २४ प्रतिशतको खोजी भइरहेको छ ।

साउन महिनामा अदालतबाट सजाय तोकिएका १ हजार १ सय १९ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । उनीहरूलाई ६ सय ३ वर्ष ५३ महिना ८६ दिन कैद सजाय तोकिएको छ । साथै जरिवानाबापत विगो रकम ११ करोड ३० लाख ४९ हजार ८ सय ४७ रुपैयाँ असुल भएको छ ।

सो अवधिमा विभिन्न शीर्षक मार्फत ३६ करोड ४७ लाख ६५ हजार ३ सय ३१ रुपैयाँ राजश्व संकलन भएको छ । जसमध्ये अवैध मालसामान बरामदबाट मात्र ११ करोड ७६ लाख २० हजार ७ सय ७३ रुपैयाँ संकलन भएको छ ।

साउन महिनामा भएका १ हजार ८ सय १८ वटा सवारी दुर्घटनामा परी १ सय ६० जनाको मृत्यु भएको छ भने ५ सय ४० जना गम्भीर घाइते भएका छन् । औसतमा देशभरि प्रति दिन ५८ वटा सवारी दुर्घटना दर्ता भएको तथ्याङ्कले देखाएको छ ।

उक्त महिनामा कूल ३ सय ६१ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएकोमा ५ सय ५६ जना मानिसहरू पक्राउ परेका छन् । साथै ३३५.८ किलो गाँजा, १८.९ किलो चरेश, ०.८९ ग्राम हेरोईन र ०.७ ग्राम अफिम बरामद भएको छ ।

साउन महिनामा ५८ नाल हातहतियार, विभिन्न हतियारहरूमा लाग्ने ९७ राउण्ड गोली र ६ थान म्यागजिन बरामद गरिएको छ । अवैध हातहतियार सहित ३९ जना पक्राउ परेका छन् ।

साउन महिनामा कूल ३ हजार ९ सय १६ वटा अपराधका घटना दर्ता भएका छन् । दैनिक १ सय २६ वटा मुद्धा दर्ता हुने गरेको तथ्याङ्कले देखाएको छ । घटनामध्ये ज्यान सम्बन्धी ७ सय १८ वटा, आत्महत्याको ५ सय २ वटा, चोरीको २ सय ९६, संगठितरआर्थिक अपराध ५ सय ४४, सामाजिक अपराध ८ सय ९१, महिला बालबालिका विरुद्ध ४ सय ६६, सवारी सम्बन्धी १ सय ३२ र विविध तर्फ ३ सय ६७ वटा मुद्दा दर्ता भएका छन् ।

यसैगरी हातहतियार तथा खरखजाना सम्बन्धी २५ वटा, बाल यौन दुराचार २५ वटा, अपहरण वा शरीर बन्धक सम्बन्धी १४ वटा र मानव बेचबिखन तथा ओसारपसारका १७ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्याका ५ सय २ वटा घटनामध्ये झुन्डिएर ४ सय २२, विष खाएर ७३, पानीमा डुबेर ३, हाम फालेर २, हातहतियार औजारबाट १ र आगो लगाएर १ जनाले ज्यान गुमाएका छन् ।

साउन महिनाभरि ४ सय ३९ विपद्का घटनामा २३ जनाले ज्यान गुमाएका छन् भने ६९ जना घाइते भएका छन् । जसमध्ये पहिरोबाट ७, बाढीबाट ५, चट्याङबाट ५, जनावरको आक्रमणबाट २, आगलागीबाट २ र डुङ्गा दुर्घटनाबाट २ जनाको ज्यान गएको थियो । उद्धारको लागि २ हजार ७ सय ७ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको थियो ।

साउन महिनामा विभिन्न माध्यम मार्फत प्रहरी कर्मचारी विरुद्ध जम्मा ४८ वटा उजुरीहरू दर्ता भएकोमा १३ वटा उजुरीहरू फछर्यौट भएका छन् भने ३५ वटा कार्यान्वयनको चरणमा रहेका छन् । साथै २ सय २ जना प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही भएको छ ।
नेपाल प्रहरी अस्पतालमा वहालवाला प्रहरी कर्मचारी ८ हजार ९ सय १ जना, पूर्व प्रहरी कर्मचारी २ हजार ४ सय १२ जना, प्रहरी परिवार ५ हजार ८ सय १३ जना, पूर्व प्रहरी परिवार १ हजार ९ सय २८ जना र सर्वसाधारण १ हजार ८ सय ८७ जनाले उपचार सेवा प्राप्त गरेका छन् ।

साथै कोभिड-१९ बिरूद्धको खोप लगाउने कार्यक्रममा भेरोसिल ७ हजार ४ सय ८३ जना, जोनसोन एण्ड जोनसोन १४ हजार १ सय १५ जना र एस्ट्राजेनिका ९ सय ७७ जना गरी जम्मा २२ हजार ५ सय ७५ जनाले खोप लगाएका छन् । ३ हजार ४५ जनाको पिसिआर परिक्षण गरिएकोमा ४ सय ४९ जनाको पिसिआर पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP