विश्व ‘ब्लाइन्ड आइडल’को नोमिनेशनमा शर्मा, भोटको अपिल

काठमाडौं । नेपाल नेत्रहीन संघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष खोपराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ को नोमिनेशनमा परेका छन् । विश्वका दृष्टिविहिनबीच हुने यो प्रतिष्पर्धा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गर्ने गरेको छ । प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्याण्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्डसहित २२ देशका २६ जना नोमिनेशनमा परेका छन् ।

अन्य प्रतिष्पर्धीलाई पछि पार्दै हालसम्म पहिलो नम्बरमा नम्बरमा देखिएका शर्मा राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्षसमेत हुन् । आइडल जिताउनका लागि उनले भोटको अपिल गरेका छन् । आफूले आइडल जिते दृष्टिविहिन नेपालीहरुका लागि काम गर्न अझै सहज हुने भन्दै उनले सबैलाई भोट गर्न आग्रह गरेका छन् ।

भोट दिने समय भोलि अर्थात अगस्ट ३० अन्तिम दिन हो । भोट गर्न चाहानेहरुले इमेल मार्फत भोट गर्न सकिने उनले बताएका छन् । भोटका लागि https://idol.chancefortheblind.org/vote/1978 खोल्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो इमेल लेख्ने ठाउँ आउँछ । इमेल ठेगाना लेखिसकेपछि तपाईको इमेलमा ‘कन्फरमेशन’ इमेल आउँछ । त्यो ‘कन्फरमेशन’ इमेलमा क्लिक गरिसकेपछि भोट जानेछ ।

आफू दृष्टिबिहीन भएतापनि विगत २०५६ सालदेखि नेपाल नेत्रहीन संघका बाग्लुङ, इलाम र कास्की शाखाहरू र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर नेपाली दृष्टिबिहीन व्यक्तिहरूको शिक्षा, प्रविधिमा पहुँच, रोजगार र सशक्तिकरणका लागि उनले काम गरिरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP