Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

सबै सरकारी सम्पत्ति एक साताभित्र बुझाउन तालिबानको निर्देशन

काठमाडौं । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिबानको सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दिनले सामाजिक सञ्जाल ट्वीटरमा श्रृङ्खलाबद्ध रुपमा गरेको ट्विटमा सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको छ ।

यसअघि तालिबानले सबै महिला स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको थियो । पछिल्लो समय आम स्वास्थ्य सेवामा देखिएको असरलाई ध्यानमा राख्दै महिलालाई काममा फर्किन आग्रह गरेको तालिबानले जनाएको छ ।

तालिबानको जनस्वास्थ्य मन्त्रालयले सबै महिला र कर्मचारीलाई नियमित काममा फर्किन निर्देशन दिएको हो । मन्त्रालयको विज्ञप्तिमा उनीहरुलाई आफ्नो नियमित काम गर्नमा कुनै अवरोध सिर्जना नहुने उल्लेख गरिएको छ ।

तालिबानले दुई साताअघि अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै त्यहाँको अवस्था सामान्य बन्न सकेको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP