Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

लोसपा नेपालको पार्टी कार्यालय स्थापना

१५ भदौ: नवगठित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले सोमबार राजविराजमा जिल्ला समिति सप्तरीको कार्यालय स्थापना गरेको छ । राजबिराज बजारमा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्यद्वय शेखरकुमार सिंह र चन्द्रकान्त चौधरीले संयुक्त रुपमा पार्टी कार्यालय उद्घाटन गरे ।

राष्ट्रियसभा सदस्यसमेत रहनुभएका सिंहले उत्पीडित, उपेक्षित र सीमान्तकृत जनसमुदायको उत्थान तथा विभेदबाट उन्मुक्तिको अभियानमा अविचलित भई लोसपाको अभियानमा एकजुट हुन आग्रह गरे । सङ्घीय सांसद रहेका चौधरीले मधेसी, थारु, आदिवासी, जनजाति, मुस्लिम, दलित, खसलगायत परेका सबैको उत्थान र उन्मुक्तिको लागि लोकतान्त्रिक समाजवादी पार्टी मात्र रहेको बताए ।

राजविराज नगरपालिकाका पूर्वनगरप्रमुख शैलेश चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी स्थापनाले लोकतन्त्र, समानता, विविधता, समावेशीकरण बलियो हुँदै सबै क्षेत्र र उत्पीडित वर्गको हित गर्ने विश्वास व्यक्त गरे । लोसपाका नेता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेता जयप्रकाश ठाकुर, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषा मण्डलले पार्टीको प्रगतिशील अभियानमा प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP