Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

तालीवानको समयसीमा भित्रै अमेरिकाले छाड्यो अफगानिस्तान, खुसीयालीमा बन्दूक पड्काइयो

१५ भदौ । अमेरिकाले २० वर्षदेखि अफगानिस्तानमा जारी राखेको आफ्नो चालु मिशनलाई अन्त्य गरेको छ । तालीवानले अगस्ट ३१ भित्र अफगानिस्तान छाड्न अमेरिकालाई चेतावनी दिएको थियो । सोही अनुरुप अमेरिकी सेनाको अन्तिम टोलीले हिजो राती (सोमबार) अफगानिस्तान छाडेको हो ।

अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले रात्रीकालिन बन्दूक पड्काएर खुसीयाली मनाएका थिए । उनीहरुले हवाई फायरीङ गरेर उत्सव मनाएका थिए ।सोमबार अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख जनरल फ्रयाङ्क म्याकेन्जीले सेना फर्किएको आधिकारीक धारणा समेत दिएका छन् । तालीवानले काबुलमा कब्जा जमाएपछि अमेरिकी सेनाहरु विमानस्थलमा मात्र खुम्चीएका थिए ।

११ सेप्टेम्बर २००१ मा अमेरिकामा हवाई हमला भएपछि त्यसको बदलास्वरुप अमेरिकाले अफगानिस्तानको तालिवानी सत्तालाई निशाना बनाएको थियो ।अमेरिकाले अहिलेसम्म काबुल विमानस्थलबाट आफ्ना नागरिक, सहयोगी र जोखिममा परेका १ लाख २३ हजार सर्वसाधारणको उद्धार गरिएको दाबी गरेको छ । काबुल विमानस्थलमा सोमबार पनि धेरैपटक रकेट प्रहार भएको थियो जसको जिम्मेवारी ईस्लामिक स्टेट खोरोसामले लिइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP