Trending
समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला राजनीति कांग्रेस र माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने समाज पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप flash अपाङ्गता दिवसको अवसरमा शिवराज २ मा अन्तरक्रिया सम्पन्न

कांग्रेस वडा र पालिका अधिवेशन मिति सर्‍याे

१६ भदौ । नेपाली कांग्रेसको निर्वाचन समितिले तय गरेको वडा र पालिका अधिवेशनको मिति सं‌शाेधन हुने भएको छ । समितिले वडा अधिवेशन १८ भदौ र स्थानीय तह (पालिका) हरुको अधिवेशन २७ भदौमा गर्ने तालिका सार्वजनिक गरे पनि पार्टीले यो तालिका संशाेधन गर्ने निर्णय गरेको छ ।

कांग्रेस नेता मिन विश्वकर्माका अनुसार पार्टीले १८ भदाैदेखि वडा अधिवेशन सुरु गरेर २३ गतेसम्ममा सक्नुपर्ने र पालिकास्तरीय अधिवेशन २७ भदौमा सुरु गरेर २९ गतेभित्र गरिसक्नुपर्ने गरी निर्णय भएको न्युज कारखानालाई बताए ।

त्यसपछिका अधिवेशनहरु भने आयोगले तोकेकै मितिमा हुने उनको भनाइ छ । क्रियाशील सदस्यता विवरण सार्वजनिक भइनसकेको र कतिपय जिल्लामा व्यवस्थापन समस्या भएको भन्दै वडा र पालिका अधिवेशनको मितिमा लचक बन्ने निर्णय भएको उनको भनाइ छ ।

कांग्रेसले हालसम्म ५६ जिल्लाको मात्र क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ । २१ जिल्लामध्ये आज थप तीन जिल्लाको विवरण सार्वजनिक गर्ने तयारी कांग्रेसले गरेकाे छ । निर्वाचन समितिका संयोजक महादेव यादवले भने वडा र पालिका अधिवेशन क्रमश: १८ र २७ भदौमै हुने बताउँदै आएका छन् ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुनेछ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP