Trending
समाज ओमिक्रोनबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति राजनीति राप्रपाको नयाँ नेतृत्वका लागि आज निर्वाचन राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला

विवेकशील साझामा संयुक्त बैठक राख्ने प्रयास असफल

१७ भदौ, विवेकशील साझा पार्टीमा संयुक्त बैठक राख्ने युवा नेताहरुको प्रयास असफल भएको छ ।

अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझा विभाजित छ । विवाद चर्किरहेका बेला अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन् ।

पार्टी एकता सम्झौतामा अध्यक्ष र संयोजकको सहमति बैठक बोलाउने उल्लेख छ । तर अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बिहीबार १२ बजे केन्द्रीय कमिटीको बैठक बोलाए । त्यसको काउन्टरमा संयोजक पाण्डेले विहान ११ बजे बैठक राखे ।

समानान्तर बैठक रोक्न विवेकशील साझा युवा संगठनका नेताहरुले पहल थालेका थिए । अध्यक्ष अब्दुस मिया, महासचिव सरोज गौतमसहित ५ नेताले अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेलाई छुट्टाछुट्टै भेटेर संयुक्त बैठक राख्न आग्रह गरेका थिए ।

अध्यक्ष मिश्रले आफूले बोलाएको समयमै (बिहीबार १२ बजे) संयुक्त बैठक बस्न सकिने बताए । तर संयोजक पाण्डेले कम्तिमा २४ घण्टापछि मात्र बैठक बस्ने बताएपछि सहमतिको प्रयास गर्दै गएको युवा संघका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP