Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

देउवाले भने– जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास जितेर अघि बढ्ने प्रण गरेका छन् ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको अवसरमा शुभकामना सन्देश दिंदै देउवाले उक्त प्रण गरेका हुन् ।

‘कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको छ,’ देउवाले भिडियो सन्देशमा भनेका छन्, ‘म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहन्छु ।’

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो भन्दै देउवाले लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धा मार्फत वडा अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् ।

१४ औं महाधिवेशन मार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिएको बताउँदै देउवाले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘बलियो कांग्रेस, समृद्ध देश भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

देउवाले भनेका छन्, ‘पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP