पाकिस्तानी खुफिया एजेन्सी आइएसआईका प्रमुख किन काबुल पुगे

१९ भदौ । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि पाकिस्तान सबैभन्दा खुशी देखिन्छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तालिवान सत्तामा आएलगत्तै सार्वजनिक अभिव्यक्तिमार्फत् खुशी व्यक्त गरिसकेका छन् ।

तालिवानसँग पाकिस्तानको निकटताबारे विषय उठ्दै आएको छ । त्यसलाई पुष्टि गर्ने गरी पाकिस्तान उच्च अधिकारीहरुबाट पनि अभिव्यक्ति आइरहेको छ । यसपटक तालिवानले पाकिस्तानको साथ पाएको पुष्टि हुनेगरी उच्चस्तरीय भ्रमण भएको छ ।

पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिसेस इन्टेलिजेन्स (आइएसआइ) का प्रमुख जनरल फैज हमिद काबुल पुगेका छन् । हमिद तालिवान सत्तामा आएपछि अफगानिस्तान पुग्ने पहिलो विदेशी उच्च अधिकारी हुन् । पाकिस्तानका वरिष्ठ अधिकारीसहित हमिद काबुल पुगेका हुन् ।

अफगानिस्तानमा तालिवानविरोधीहरुले आइएसआइको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन् । उनीहरुले तालिवानले पाकिस्तानबाट सैन्य साथ पाएको बताउँदै आएका छन् ।

विगतमा तालिवान सत्तामा आउँदा पनि अमेरिकाबाट पाकिस्तानमार्फत् सहयोग पाएको थियो । यसपटक पनि अन्य शक्तिशाली देशहरुले पाकिस्तानमार्फत् तालिवानलाई साथ दिएको खुल्दै गएको छ ।

पाकिस्तानले आतंकवादी समूह अल कायदालाई पनि भित्री रुप साथ दिएको आरोप खेप्दै आएको छ । विगतमा अल कायदा नेता ओसामा विन लादेन पाकिस्तानको अबोटावादमा रहेको खुलेको थियो । अमेरिकाले अरबौं डलर ओसामा विन लादेनलाई खोज्न खर्च गरेको थियो । उनी अफगानिस्तानमा लुकेको आशंका थियो । तर, अन्तमा अमेरिकी कमाण्डोसहितको फौज अवोटावाद छिरेर लादेन र उनको परिवारको हत्या गरेको थियो ।

लादेन लुकेको ठाउँ अबोटावाद अधिकांश पाकिस्तानका पूर्व सैनिक उच्च अधिकारीहरु बस्ने गरेका छन् । यो घटनापछि अमेरिकासँग पाकिस्तानको सम्बन्ध चिसियो । सैन्य सहयोग रोक्कियो । त्यसपछि पाकिस्तानले तालिवानलाई साथ दिन थाल्यो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP