Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

तालिवान सरकारलाई चीनको समर्थन, तीन करोड दश लाख अमेरिकी डलर दिने

चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ । विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो ।

चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ ।

चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमरेट्स अफ तालिवानलाई प्रारम्भीक सहयोग स्वरुप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।

अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेको झण्डै तीन सातापछि केही दिन अगाडि अन्तरिम सरकार गठन भएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुय चुनीनले छिमेकी मुलुकको हैसियतले अफगानिस्तानलाई सहयोग गर्नु चीनको कर्तव्य हुने बताएका एएनआईले उल्लेख गरेको छ । उनले यस सहयोगलाई अफगानिस्तानी जनतालाई दिइएको आपतकालिन सहयोगको रुपसमेतमा व्याख्या गरेका छन् ।

सहयोगअन्तर्गत चीनले खाद्य पदार्थ, पानीजन्य पदार्थ, खोप, औषधीजन्य पदार्थलगायत पनि रहने प्रवक्ता चुनीनले जानकारी दिएका छन् ।

तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि तत्कालिन राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेका थिए भने उनको सरकारले हात उठाएको थियो ।

घानी सरकारले हात उठाएपछि नयाँ सरकार गठन हुन नसकेको र नयाँ सरकार काम गर्न अन्यौलमा परेकोले दैनिक उपभोग्य वस्तुको व्यवस्थापनदेखि प्रशासनिक कामसमेतमा ठूलो समस्या देखिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले त अफगानिस्तानलाई पहिलो चरणमा ३० लाख खोप दिने घोषणा यसअघि नै गरिसकेका छन् । तर खोप कहिले उपलब्ध हुन्छ भन्ने यकिन हुन भने बाँकी नै रहेको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP