बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीहरु असन र रुपन्देहीबाट पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रवादीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खु बस्‍ने ४८ वर्षीय प्रकाश श्रेष्ठ र काठमाडौं महानगरपालिका- २९ असन बस्‍ने ३६ वर्षीय बिनम श्रेष्ठ रहेका छन् ।

प्रकाशलाई रुपन्देहीबाट र बिनमलाई काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारी बैंक अफ काठमाण्डु र सिद्धार्थ बैकको चेक काटेर दिएका थिए ।

दुवैजनाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर बैंक अफ काठमाण्डु र सिद्धार्थ बैकका बिभिन्न रकमका चेकहरु आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।

पक्राउ परेका दुवैजनालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्‍यूरोले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP