Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

पुनर्निर्माणका बाँकी काम प्राधिकरणबाट विभिन्न निकायमा हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्न बाँकी रहेका निजी आवासलगायत संरचनाको पुनर्निर्माणसम्बन्धी बाँकी काम सम्बन्धित निकायमा हस्तान्तरण गर्न थालिएको छ ।

बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित एक कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बाहरु तथा सडक एवं पुलहरुको काम सम्बन्धित निकायमा हस्तान्तरण गरिएको हो । प्राधिकरणले निजी आवास तथा बस्ती विकासतर्फका बाँकी काम शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरेको छ ।

सरकारी एवं सार्वजनिक भवन एवं स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत सञ्‍चालित सम्पदा एवं गुम्बाहरुको पुनर्निर्माण सम्बन्धी काम समेत सोही विभागलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्याम किशोर सिंहले उक्त बाँकी कार्यहरु शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरे ।

केन्द्रिय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले गर्दै आएको निजी आवास तथा बस्ती विकास तर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापन सहितका पुनर्निर्माण सम्बन्धी बाँकी काम शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का आयोजना उपनिर्देशक नारायण प्रसाद श्रेष्ठले उक्त काम शहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशकनवराज प्याकुरेललाई हस्तान्तरण गरे ।

पुनर्निर्माण गर्न बाँकी रहेका शैक्षिक संस्थाहरुको पुनर्निर्माण सम्बन्धी कार्यहरुशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सो अन्तर्गतका तोकिएका जिल्ला स्थित कार्यालयहरुमा हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई हस्तान्तरण गरे ।

सडक तथा पुल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण भएको छ । अब यो विभागले गुम्बा व्यवस्थापन समितिको समन्वयमा एक सय वर्ष नपुगेका पुनर्निर्माण गर्न बाँकी गुम्बाहरुको पुनर्निर्माण सम्बन्धी काम पनि गर्नेछ । बाँकी काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाईका आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले स्थानिय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्टालाई हस्तान्तरण गरे । पुनर्निर्माण गर्न बाँकी रहेका कार्यसहित सम्बन्धित केन्द्रिय एवं जिल्ला आयोजना कार्यान्वयन इकाईहरुअन्तर्गत रहेका सम्पत्ति, दायित्व, श्रेस्ता कागजात, बेरुजू विवरण एवं कार्यालयसमेत सम्बन्धित निकायमा हस्तान्तरण भएका छन् । हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायहरुले तत्कालै पुनर्निर्माणका कार्यहरु सञ्चालन गर्नेछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका ५ वर्ष ८ महिना २० दिनमा पुनर्निर्माण गर्नुपर्ने कूल संरचनाहरुमध्ये मूलभूत रुपमा प्रायःसम्पूर्ण कार्यहरु सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताएका छन् । ज्ञवालीले नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्न आगामी मंसिर २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको र त्यस अवसरमा ‘विपद्–जोखिमबाट सुरक्षित नेपाल निर्माण सम्बन्धी मार्गचित्र सहितको खाका’ प्रस्तुत गरिने पनि जानकारी गराए ।

गत भदौ ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको २० औं बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरुमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु हस्तान्तरण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी पुस १० गतेसम्म क्रियाशील रहनेछ । यसबीचमा प्राधिकरणले धरहरा, रानीपोखरी, सिंहदरबार एवं नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारको पुनर्निर्माणको कार्य हेर्नेछ । साथै, लेखा परीक्षणका अतिरिक्त हस्तान्तरण गर्ने कामहरुको सहजीकरण, लेखा परीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका कामहरु पनि सम्पादन गर्नेछ ।

क्र.सं. पुनर्निर्माणका बाँकी काम कार्य जिम्मेवारी हस्तान्तरण भएका मन्त्रालय/विभाग/निकाय
१ निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापन सहितका पुनर्निर्माणसम्बन्धी सम्पूर्ण बाँकी कार्यहरु शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग
२ शैक्षिक संस्थाहरुको पुनर्निर्माणसम्बन्धी कार्यहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
३ सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत सञ्चालित सम्पदा एवं गुम्बाहरुको पुनर्निर्माणसम्बन्धी कार्यहरु शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग
४ सडक तथा पुलहरु एवं एक सय वर्ष नपुगेका पुनर्निर्माण गर्न बाँकी गुम्वाहरुको पुनर्निर्माणसम्बन्धी कार्यहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग
पुनर्निर्माणको प्रगति (२०७८ असार ३१)

पुनर्निर्माण लाभग्राही

अनुदान सम्झौता गरेका लाभग्राहीः ८,२९,६६७
पहिलो किस्ता लिएका लाभग्राहीः ८,२८,७६३(९९.८९ प्रतिशत, अनुदान सम्झौताका आधारमा)
दोस्रो किस्ता लिएका लाभग्राहीः ७,५०,४५९ (९०.४५ प्रतिशत)
तेस्रो किस्ता लिएका लाभग्राहीः ७,०३,३०७ (८४.७७प्रतिशत)
विद्यालय भवन

लक्ष्य – ७५५३
पुनर्निर्माण सम्पन्न – ६,६४७(८७.६६ प्रतिशत)
पुनर्निर्माण जारी – ९३६ (१२.३४ प्रतिशत)
स्वास्थ्य संस्थाका भवन

लक्ष्य – ११९७
पुनर्निर्माण सम्पन्न – ७५१ (६४.५२ प्रतिशत)
पुनर्निर्माण जारी – ३५४ (३०.४१ प्रतिशत)
साँस्कृतिक सम्पदा

लक्ष्य – ९२०
पुनर्निर्माण सम्पन्न – ५८६ (६३.७० प्रतिशत)
पुनर्निर्माण जारी – १९५ (२१.२० प्रतिशत)
सरकारी भवन

लक्ष्य – ४१५
पुनर्निर्माण सम्पन्न – ३८८(९३.७२ प्रतिशत)
पुनर्निर्माण जारी – २० (४.८३ प्रतिशत)
सुरक्षा निकायका भवन

लक्ष्य – २१६
पुनर्निर्माण सम्पन्न – २१६ (१०० प्रतिशत)

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP