Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

कोन्करले विशाखापत्तनम् बन्दरगाहबाट पनि घटायो रेल भाडा

वीरगञ्ज, असोज १ । नेपालको समुद्रपार व्यापारमा कन्टेनर ढुवानी गर्दै आएको भारतीय कन्टेनर निगम (कोन्कर)ले भारतको विशाखापत्तनम् बन्दरगाहबाट पनि ढुवानी भाडा घटाएको छ ।

भारतको विशखापत्तनम्, कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्म रेलबाट कन्टेनर ढुवानीमा प्रतिस्पर्धी कम्पनीको प्रवेशलगत्तै कोन्करले भाडा घटाएको हो ।

कोन्करले विशाखापत्तनम्बाट वीरगञ्जसम्मको प्रतिकन्टेनर ढुवानी भाडा भारतीय रुपया (भारू) १५ हजारदेखि २६ हजारसम्म घटाएको सूचना निकालेको छ । यसअघि कोलकाता र हल्दियाबाट ढुवानी भाडा घटाएको थियो ।

अब विशाखापत्तम्बाट २० फीटको कन्टेनरमा ३१ मेट्रिकटनसम्म मालसामान वीरगञ्ज ल्याउन भारू ५५ हजार तिरे पुग्छ । त्यस्तै ४० फीटको कन्टेनरमा ४० मेट्रिकटनसम्मको भाडा ७७ हजार तोकिएको छ । २ दिनअघिसम्म यो भाडा क्रमशः ७५ हजार ९०० र १ लाख २ हजार १०० थियो ।

यसअघि ढुवानीमा एकाधिकार जमाएको कोन्करको प्रतिस्पर्धामा निजी भारतीय कम्पनी आएपछि भाडा घटाएको हो । बुधवार हिन्द टर्मिनलको रेल भारतको हल्दिया बन्दरगाहबाट कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेकै दिन कोन्करले भाडा पुनरवलोनको सूचना निकालेको थियो ।

कोन्करले नयाँ भाडादर आगामी मार्च अन्तिमसम्म लागू हुने बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP