Trending
राजनीति प्रधानमन्त्रीको निरीक्षण औपचारिकतामा सीमित‚ बाढीपहिरोपीडितले अझै पाएनन् राहत राजनीति एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र अन्तर्राष्ट्रिय सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा समाज द्वन्द्वपीडितको परिचयपत्रले सिंहदरबार प्रवेश गर्न पाइने flash वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै विजयनगरका कृषकले बुझाए ज्ञापन पत्र अन्तर्राष्ट्रिय अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने समाज दसौँ एसियन भैँसी सम्मेलन आजदेखि राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात

उँभो उँभो लेकमा म जाँदा : सुन्दरीजलदेखि मागिनगोठसम्म

आफ्नै गोठमा उनले गरेको न्यानो माया अविस्मरणीय खालको छ । उनकै गोठमा पुगेर तिब्तीयन चिया, उनीहरुले तत्कालै बनाएको छुर्पी हाम्रोलागि नौलो स्वाद थियो । बिहान दिउँसो बेलुका नै आलुको परिकार पनि हामीलाई अनौंठो लाग्ने परिकारहरु थिए ।

यात्रा सुन्दरीजलदेखि मागिन गोठसम्मको थियो । बर्खाको मौसम, पैदल यात्रा आफैँमा रमाइलो र चुनौतीपूर्ण थियो ।

करिब दुई घण्टाको निरन्तरको उकालो चढेपछि पुगिन्छ १८०० मिटर उचाइमा पर्ने बोर्लाङ भन्ज्याङ । काठमाडौंबाट देखिने एकातर्फको क्षितिज, शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यभाग । त्यहीँबाट ओरालो सुरु हुन्छ ।

चिसापानीसम्मको यात्राको लागि ।

सुन्दरीजलबाट ४ घण्टाको पैदल यात्रामा पुगिन्छ चिसापानी । बस्ती सामान्य छ । तर ठाउँ निकै मनमोहक । पारि मेलम्चीको सुन्दर दृश्य देखिन्छ । साथमा स्थानीयको न्यानो आतिथ्य स्वीकार्दै हाम्रो यात्रा पाटी भन्ज्याङतिर ओरालो लाग्छ । पाटी भन्ज्याङ किन भनियो ?यहाँ एउटा पुरानो पाटी थियो, भञ्ज्याङमा रहेको एउटामात्रै पाटीको नामबाटै त्यो ठाउँको नामाकरण गरिएको स्थानीय बताउँछन् । त्यहाँ पुगेपछि चिसापानीबाट आएका यात्रुको ओरालो यात्रा रोकिन्छ । फेरि पैदलयात्रुहरु उकालो लाग्ने बेला हुन्छ ।

सामान्य गतिमा हिन्दा डेढ घण्टाको बाटो हो थाङकुनी । त्यहाँ व्यवस्थित खाको होटलहरु छ । नियमित २ वटा बस काठमाडौंबाट आउने गर्छ । त्यसपछि सुरु हुन्छ ठाडो उकालो ।

त्यसपछिको बिसौनी भनेको चिप्लिङ हो । सुन्दरीजलबाट हिँडेका पर्यटकहरु धेरै चिप्लिङमा पुगेर पहिलो दिनको बास बस्छन् । त्यहाँ प्रशस्तै होटलहरु पनि छन् । साथमा मध्यपहाडमा रहेको यो ठाउँ मनमोहक पनि छ ।

तर हामी चिप्लिङमा बास बसेनौं । पैदलयात्रीलाई त्यसपछिको अर्काे बिसौनी गोल्फु भन्ज्याङमा छ । त्यो बाटो पैदल जाँदा करिब २ घण्टाको हो । हामी राति ८ बजे गोल्फु भन्ज्याङ पुगेर पहिलो दिनको बास बस्यौं । होटलहरु बन्द भइसकेका थिए । एक जना सशस्त्र प्रहरीका पूर्व जवानको घरमा बास मागेर त्यस दिन त्यतै बिताइयो । खाना सामान्यमा पनि उत्कृष्ट थियो । गोल्फु भञ्ज्याङ, भर्खर बसेको बस्ती हो । त्यहाँ गुरुङ, तामाङ, सेर्पा र दलितहरुको बसोबास छ ।

सुन्दरीजलदेखि मागिनगोठसम्मको यात्रामा ३ ठाउँमा उकालो उक्लिनुपर्छ भने २ वटा ओरालो ओर्लिनुपर्छ । जसमा सुन्दरीजलदेखि बोर्लाङ, थाङ्कुनीबाट चिप्लिङमाथिको देउरालीसम्म र कुटुङसाङदेखि मागिन गोठसम्मको बाटो स्मरणयोग्य उकालो बाटाहरु हुन् ।

दोस्रो दिनको यात्रा गोल्फुभन्ज्याङबाट सुरु हुन्छ । चिसापानीबाट सुरु भएको सिन्धुपाल्चोक र नुवाकोटको सीमासीमै अघि बढ्ने बाटो गोल्फुभन्ज्याङहुँदै मागिनगोठसम्मै पुग्छ । गुरुङ, तामाङ र सेर्पाको बस्ती छिचोल्दै हामीहरु बिहानको खाना खान कुटुङसाङ पुग्छौं ।

कुटुङसाङसम्मको बाटो दुई घण्टामा पार गरियो ।

कुटुङसाङबाटै लाङटाङ राष्ट्रिय निकुञ्जको सुरुवात हुन्छ । यहाँबाट लेकाली जनजीवन सुरु हुँदो रहेछ । कुटुङसाङबाट उकालो लागेपछि निजी जग्गा भेटिँदैन ।

कुटुङसाङमा नै मकैको सातु र नुन चियाको नयाँ स्वाद लिइयो । नुनचियाको वास्तविक नाम पोचा हो ।

कुटुङसाङबाट यात्रा मागिनगोठतर्फ लाग्यो । घना जंगल । बीचमा कताकतै खर्कहरु । कतैकतै बस्ने पाटी बाँकी यात्रा सुनसान । चराहरुको चिरबिरसँगै साढे तीन घण्टाको पैदलयात्रामा मागिनगोठ पुगिन्छ । यो पनि सिन्धुपाल्चोक र नुवाकोटको सिमाना हो ।

पानी परिरहेको थियो । कुहिरोले नजिकैको दृश्य पनि राम्रोसँग नदेखिने खालको थियो । आकाश खुलेको थियो भने यही क्षेत्रबाट सिँगै हेलम्बुको सुन्दर दृश्यावलोकन गर्न सकिन्थ्यो भन्ने स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।

मागिनगोठमा आधा दर्जनजति होटलहरु छन् । त्यसमध्ये हामी कालु शेर्पाको ग्रिन भ्यु होटलमा बस्यौं । नजिकै एउटा याक गोठ छ । गोठ कर्साङ दावा भक्तालको हो । उनी बर्खा याममा त्यहाँ गोठ राख्छन् भने हिउँद लागेपछि बेसी झर्छन् । यसरी चल्छ उनको जीवन ।

आफ्नै गोठमा उनले गरेको न्यानो माया अविस्मरणीय खालको छ । उनकै गोठमा पुगेर तिब्तीयन चिया, उनीहरुले तत्कालै बनाएको छुर्पी हाम्रोलागि नौलो स्वाद थियो ।

बिहान दिउँसो बेलुका नै आलुको परिकार पनि हामीलाई अनौंठो लाग्ने परिकारहरु थिए । जे होस् २ दिनको पैदल यात्रापछि पुगेको हेलम्बु ७ मा पर्ने मागिनगोठ एकपटक जानै पर्ने गन्तव्य हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP