हङकङमा अभिनयको भोक मेटिएन

बिनोद बस्नेतले हङकङलाई कर्मथलो बनाए । एकदशक अघि हङकङ आएका बस्नेतले मोडलिङ यात्रालाई निरन्तरता दिईरहेका छन् । उनी भन्छन्, ‘पूर्णकालिन मोडलिङमा लाग्ने स्थिती नभएपनि कामसँगै यसलाई निरन्तरता दिइरहेको छु ।’

कलाकार बन्ने लक्ष्य लिएका बिनोदले चर्चित कलाकार आर्यन अधिकारी, प्रियंका कार्की स्टार चलचित्र “बटरफ्लाई” मा पनि अभिनय गरिसकेका छन् । क्याटमान्डु, थोरै भए पुगिसरी, तितो सत्य लगायतका टिभी सिरियलबाट करियर शुरु गरेका उनले दर्जन बढी म्युजिक भिडियोहरुमा कुशल अभिनय गरिसकेका छन् ।

मिस हङकङ नेपाल २०१२ र मिसेस हङकङ नेपाल २०१८ का कोरियाग्राफर बिनोद क्याजुवेल वेयरमा आफुलाई कम्फटेबल मान्छन् ।

डिजाईनर बिशाल कपुर र ओस्कारको डिजाईनमा दर्जनबढि क्याटवर्क गरिसकेका बिनोद आफुले न्याय गर्ने सक्ने क्यारेक्टर बोेकेको चलचित्रको पखाईमा छन् । मलाई चर्चित हुनु छैन, सवैको मनमा बस्न सक्ने अभिनय गर्न पाए पुग्छ उनी भन्छन् ।

अभिनय र मोडलिङमा मात्र केन्द्रित हुदा आर्थिक पाटो सुरक्षित देखिन । केहि समयको लागि विदेशिय पनि आफ्नो करियरबाट किमार्थ अलग भएको छैन बिनोद भन्छन् जीवनको एकसमय पैसा भन्दा पनि आफ्नो खुसी महत्वपुर्ण लाग्ने रहेछ, जुन अभिनयमा म पाउँछु ।

अपिलिङ हाँसोलाई आफ्नो आकर्षणको केन्द्र मान्ने बिनोद चाँडै निर्माणाधिन चलचित्रमा फुलफेस नायक बन्ने तयारीमा छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP