Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

ह्वाट्सएपमा यसरी पठाउनुहोस् आफैं हराउने मेसेज

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताहरुका लागि नयाँ नयाँ फिचर ल्याइरहन्छ र त्यसमध्ये हालै थप गरिएको फिचर हो View Once फिचर ।

स्नापच्याटको सिको गर्दै ह्वाट्सएपले ल्याएको उक्त फिचरको सहायताले ह्वाट्सएप प्रयोगकर्ताले यस्तो फोटो, भिडियो वा कुनै मेसेज पठाउन सक्दछन् जुन प्रापकले केवल एकपटक मात्र हेर्न पाउँदछ । अर्थात् एकपटक हेरिसकेपछि उक्त सामाग्री आफै डिलिट हुन्छ ।

एकपटक हेरिसकेपछि आफै डिलिट हुने मेसेज पठाउन मिल्ने ह्वाट्सएपको View Once फिचर कसरी प्रयोग गर्ने त ?

यसका लागि सबैभन्दा पहिले तपाईंले आफ्नो डिभाइसमा ह्वाट्सएपको सबैभन्दा पछिल्लो संस्करण डाउनलोड गरेको हुनुपर्दछ । त्यसका लागि तपाईं गुगल प्ले स्टोर वा एप्पलको एपस्टोरमा गएर ह्वाट्सएप अपडेट गर्न सक्नुहुन्छ ।

ह्वाट्सएपमा disappearing मेसेज पठाउनका लागि ह्वाट्सएप खोल्नुहोस् ।
त्यसपछि त्यो आफूले मेसेज पठाउन चाहेको व्यक्तिको वा ग्रुप च्याट खोल्नुहोस्
Attach नामक आइकनमा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले तत्कालै फोटो वा भिडियो खिचेर पठाउने भएमा Camera अप्सनमा जानुपर्दछ भने आफ्नो डिभाइसमा रहेका फोटो वा भिडियो पठाउने भएमा Gallery अप्सन छान्नुपर्दछ ।
पठाउने सामग्री छनोट गरिसकेपछि प्रिभ्यू स्क्रिनमा तपाईंले टेक्स्टबार मा १ को आइकन देख्न सक्नुहुन्छ । सोही आइकनमा ट्याप गर्नुहोस् र Send थिच्नुहोस् ।

आफूले पठाएको मेसेज प्रापकले प्राप्त गरेर हेरिसकेपछि तपाईंले Opened भन्ने संकेत प्राप्त गर्नुहुनेछ ।

एकपटक मात्रै हेर्न मिल्ने मेसेज कसरी खोल्ने ?

जब तपाईंको ह्वाट्सएपको च्याट बक्समा यस्तो आफैं हराउने मेसेज आउँछ तब त्यसलाई खोल्न र हेर्नका लागि चनाखो त हुनै पर्दछ । किनकि त्यो मेसेज दुईपटक खोल्न र हेर्न सकिँदैन । त्यसले त्यसका लागि :

आफूलाई प्राप्त भएको १ आइकनसहितको मेसेजमा ट्याप गर्नुहोस्
त्यसपछि सो मेसेजमा भएको फाइल (भिडियो वा फोटो) खुल्दछ ।
हेरिसकेपछि Back अप्सनमा ट्याप गर्नुहोस् । यसो गरिसकेपछि अब तपाईले दोश्रो पटक सो मेसेज हेर्न र खोल्न सक्नुहुन्छ । साथै उक्त मेसेज फाइल फोनमा सेभ पनि हुँदैन ।
यद्यपि आफूले प्राप्त गरेको disappearing मेसेज सुरक्षित राख्न चाहनेले स्क्रिनसट वा स्क्रिन रेकर्ड गरेर राख्न भने सक्छ ।

एजेन्सी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP