‘महानायक र महानायिका’को बिषयमा भुवन केसीको नयाँ कार्ड

नेपाली चलचित्रका कलाकारहरु सम्मानका भोका छन् । अझ, विभिन्न संघसंस्थाले दिने उपाधि ग्रहण गर्ने होडबाजीमा त उनीहरु सधै नै अगाडि छन् । नेपाली चलचित्रका नायक–नायिकालाई ‘महानायक, महानायिका, मेघास्टार, सुपरस्टार, एक्सन किङ, राइजिङ स्टार’ लगायतका थुप्रै उपनाम दिइएको पाइन्छ । व्यक्ति अनुसार दिने यस्ता उपाधि स्विकार गर्नका लागि कलाकारहरुले अस्विकार गरको भने सुनिदैन ।

नायक राजेश हमाललाई ‘महानायक’, नायिका करिश्मा मानन्धरलाई ‘महानायिका’को उपाधि विभिन्न संघसंस्थाले दिने गरेका छन् । तर, यी उपाधिको बिषयमा विभिन्न समयमा बहस भने भैरहेको पाइन्छ ।

आखिर, ‘महानायक र महानायिका’को मापदण्ड के हो ? यसको स्पष्ट ब्याख्या भने भएको पाइदैन । कसैले नायक राजेश हमाललाई ‘महानायक’ मान्छन् त, केही चलचित्रकर्मी भुवन केसी यो उपाधिको हकदार भएको दाबी गर्छन् । नायक भुवन केसीले स्पष्ट रुपमा नभनेपनि उनलाई राजेश हमाललाई दिइएको ‘महानायक’को उपाधि भने चित्त वुझेको छैन ।

यस्तै, नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’को उपाधिमा पनि धेरै चलचित्रकर्मीको चित्त वुझेको छैन । यसैविच, आइतबार आयोजना भएको एक कार्यक्रममा नायक भुवन केसीले ‘महानायक र महानायिका’को बिषयमा नयाँ कार्ड फ्याकेका छन् । भुवनले नेपाली चलचित्रको ‘महानायक’ शिव श्रेष्ठ भएको बताए । उनले भने–‘जसले पाकिस्तानदेखि नेपाल थर्कायो । जसले, थुप्रै सुपरहिट चलचित्र दिएको छ । उ महानायक नभएर को हुन्छ ?’

भुवनले ‘महानायिका’को बिषयमा भने नयाँ कार्ड फ्याकेर हलचल नै ल्याएका छन् । उनले, नायिका गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिनुपर्ने बताए । भने–‘नेपाली चलचित्रको महानायिका गौरी मल्ल हुन् । उनको अभिनयको तुलना अरु कलाकारसँग गर्न नै सकिदैन । आजको पुस्तालाई पनि गौरीले अभिनय सिकाइरहेकी छिन् । अभिनयकी धनी यी कलाकार महानायिका नभएर अरु को हुन्छ ?’

भुवन केसीले ‘महानायक र महानायिका’ शिव श्रेष्ठ र गौरी मल्ल हुनुपर्ने भन्दै नयाँ कार्ड फ्याकेका छन् । अब, उनको यो दाबीलाई कतीले स्विकार गर्ने हो, त्यो भने भोलीको कुरा हो । भुवनले आफूले यो विवादका लागि मात्र नभनेको बताएपनि उनको यो कुराले ठूलै हलचल भने पैदा गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP