Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

कपिलवस्तुमा ९६ वडाको अधिबेशन असोज ७ मा हुने

कपिलवस्तु 
कपिलवस्तमा ९६ वडामा नेपाली काग्रेसको अधिबेशन असोज ७ गते हुने भएको छ । क्रियाशील सदस्यको बिवाद टुंगीएसंगै कांग्रेसको  केन्द्रिय कार्यालयले क्रियाशील सदस्यताको नामवली समेत पठाई सकेको छ । महाधिवेशन मिति नजिकिदै जादा जिल्लामा चुनावी सरगर्मी बढेको छ । गाउ देखि शहर सम्म तथा चोक चोकमा रहेका चिया पसल देखि सरकारी कार्यालय सम्म कांग्रेसकै चुनावको चर्चा चल्ने गरेको छ ।  निर्वाचनकालागि केन्द्रिय प्रतिनिधि घनश्याम पन्त शनिवार नै कपिलवस्तु आई पुगेका छन । 
उनले निर्वाचन तोकिएकै तालिका अनुसार गराउन कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्य सहीत कार्य समितिसंग भेटघाट गरी आवश्यक परामर्श गरेको बताए । उनले निर्वाचनतकालागि शिक्षक संघका सदस्यहरुसग  आवश्यक छलफल गरी वडा अधिबेशन गराउन ९६ वटा शिक्षकको नामावली माग गरेको उनले बताए । ‘ लिस्ट पाए पछि वडा निर्वाचन अधिकृतकारुपमा उनीहरुलाई आवश्यक निर्वाचन सामाग्री सहीत पठाउने छौ ’ उनले भने । उता आफुहरुले वडाका खटिने निर्वाभन अधिकृतका लागि ९६ जना शिक्षकको नामावली पठाई सकेको बताए । केन्द्रिय प्रतिनिधि पन्तले वडा अधिबेशनमा खटिने निर्वाचन अधिकृतलाई नियुक्ती पत्र सहीत आवश्यक निर्वाचन सामाग्री सहीत कार्यस्थलमा खटाईने बताए । वडा निर्वाचन कै बिषयमा आईतावार कांग्रेसको तौलिहवा स्थित पार्र्टी कार्यालयमा बैठक बसी समायोजन भएका सदस्यहरुको क्रियाशली सदस्यको लिस्ट आईतवार साझ सम्म आए असोज ५ मै वडा अधिबेशन गर्ने निर्णय भएको पार्टी सभापति सुरेन्द्रराज आचार्यले बताए । आईावार साझ सम्म समायोजनको लिस्ट नआएकाले वडा अधिबेशन असोज ७ गर्ते सहमिति भएको पार्टी सभापति आचार्यले बताए । कांग्रेसमा बिलय भएका राप्रपा, गच्छदार समुह, फोरमबाट पार्टी प्रबेश गरको सांसद अभिषेक प्रताप शाहको समायोजन गरिएको क्रियाशील सदस्यता नआउदा असोज ५ गते हुन वडा अधित्रेशनमा केही बाधा आएको हो । २३ सय ३६ जनाको अझै क्रियाशील सदस्यताको समायोजन लिस्ट आउन बाकी रहेको छ । समायोन बाहेकका अहिले सम्म जिल्लामा ५ हजार ३१० नया क्रियाशील तथा ५ हजार ६८६ क्रियाशील समस्या नबिवकरणको नामावली आई सकेको छ । नगर गाउ पालिका अधिबेशन असोज ९, प्रदेश क्षेत्रीय समितिको असोज १२, सघीय क्षेत्रीय समितिको असोज १५ र जिल्लाको निर्वाचन असोज १८ गतेकालागि तोकिएको छ । कपिलवसतुमा ६ नगरपालिका, ४ गाउपालिका, ६ वटा प्रदेश निर्वाचन क्षेत्र तथा ३ वटा संघीय निर्वाचन क्षेत्र छन । कांग्रेस सभापति आचार्य अनुसार निर्वाचनमा सहमितिको अधिकत प्रयास गरिने बताए । अधिकांस वडामा सहमति कै आधारमा समिति गठन हुने कांग्रेस नेताहरु बताउछन । जिल्ला सभापतिमा भने पुर्व सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, अब्दुल कलाम खा, केशव कुमार श्रेष्ठ, लोकनाथ शर्मा, बिरेन्द्र मिश्रा, दुर्गा सेनको नाम चर्चामा छ । यधपि अध्यक्षमा लडन महाधिबेन प्रतिनिधि हुनु पर्ने भएकाले पनि अहिले नै अध्यक्षका उम्मेदवारले खुलेर आफनो नाम बाहिर ल्याएका छैनन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP