Trending
अन्तर्राष्ट्रिय आर्यनपछि एनसिबीको निसानामा अनन्या flash विजयनगरले वर्षाले प्रभावित कृषकलाई क्षतिपूर्ति दिने समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या समाज प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै राजनीति एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

जितिया पर्वमा सार्वजनिक विदाको माग

सप्तरी । नेपाल सरकारले महिलासँग विभेद गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले तीजका लागि सार्वजनिक विदा दिने गरेपनि जितिया पर्वका दिन विदा नदिइ विभेद गरेको बताए ।

सप्तरीका महिला पत्रकारहरुले बुधबार आयोजना गरेको जितिया महोत्सव कार्यक्रमका सहभागीहरुले नेपाल सरकारबाटै जितिया पर्वको पनि सार्वजनिक विदा दिइनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहले प्रदेश सरकारले जितिया पर्वमा सार्वजनिक विदा दिने गरिएपनि संघीय सरकारले ध्यान नदिएको बताइन् ।

आदिवासी जनजाती पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रियासिंह थारुले तराई/मधेशका महिलाले परापूर्वकालदेखि मनाउँदै आएको जितिया पर्वको ठूलो महिमा हुने भएकाले यो दिन सार्वजनिक विदा दिनुपर्ने बताइन् ।

बोदे बर्साइन नगरपालिकाकी उप प्रमुख रंजु साह, लोसपा नेतृ पुनम यादव, सामाजिक अभियन्ता सुनिता साह, थारु महिला संघकी चन्द्रकला चौधरी, नेपाल पत्रकार महासंघ, सप्तरीका उपाध्यक्ष अम्बिका दाहाल, पूर्व अध्यक्षद्वय बिष्णु मण्डल र धिरेन्द्र साहसहितकाले पनि जितिया पर्वमा सार्वजनिक विदा दिनुपर्ने बताए ।

सन्तानको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै महिलाहरुले यो जितिया पर्व मनाउने गर्छन् । एक दिन नहाई खाय गरेर अर्को दिन निराधार उपवास बसी जितमहान सम्बन्धी कथा सुन्‍ने चलन छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP