Trending
flash विजयनगरका ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन सम्पन्न समाज वैशाखयता विपद्जन्य घटनामा परि ३ सय ५३ जनाको ज्यान गयाे flash एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे flash प्रेस सेन्टर नेपाल कपिलवस्तुमा बेल्वासेको नेतृत्व अन्तर्राष्ट्रिय सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको भनाइ समाज तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्रीको माला भारतबाट आयात हुँदै अन्तर्राष्ट्रिय अमेरिकालाई चीनको चेतावनी राजनीति राप्रपाकाे ५४ जिल्लामा अधिवेशन सकियाे flash प्रेस सेन्टर कपिलवस्तुकाे अध्यक्षमा बेल्बासे, २१सदस्य कार्य समिति चयन समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या

नारायणगढ-बुटवल सडकखण्ड मर्मतको काम सुरु

चितवन । नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु भएको छ । नेपालीहरुको ठूलो पर्व दशैं नजिक आउन थालेपछि सडक मर्मतको काम थालिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सनले सडक मर्मतको काम सुरु गरेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले सडकको बढी भत्किएका ठाउँहरुमा दुई लेन सडक नै पिच गर्ने तयारी गरेको छ ।

नारायणगढ–बुटवल सडकखण्डको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज–१’ पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज–२’ पश्चिम खण्ड बनाएर सडक विस्तारको काम थालिएको हो ।

दुबै खण्ड निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । सडक विस्तारका क्रममा पिचको भाग अधिकांश ठाउँमा भत्काइएकाले यो खण्डमा यात्रा निकै कष्टकर हुँदै आएको छ । दुबै खण्डमा निकै सुस्त गतिमा काम भैरहेको छ ।

पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले सडक विस्तारको काम निकै ढिला भएको बताए । अहिले ठेकेदार कम्पनीको नयाँ कन्ट्याक्ट म्यानेजर आएपछि कामले गति लिने विश्वास आयोजनाले लिएको सूचना अधिकारी आचार्यले बताए ।

नयाँ कन्ट्याक्टर आएपछि सडक मर्मतको काम थालिएको हो । दशैं अघि सहज यात्राको वातावरण ठेकेदारले बनाउने प्रतिवद्धता जनाएको आचार्यको भनाइ छ ।

पूर्वी खण्डमा अहिलेसम्म जम्मा ८.५ प्रतिशत मात्रै काम भएको छ । इन्जिनियर आचार्यका अनुसार सम्झौताअनुसार यतिबेला ५० प्रतिशतभन्दा बढी काम हुनुपर्ने थियो ।

पश्चिम खण्डमा पनि भत्किएको सडक मर्मतको काम थालिएको परामर्श दाता इन्जिनियर सुसन श्रेष्ठले अनलाइनखबरलाई बताए । उनले दशैं अगाडि मर्मतको काम गरिसक्ने प्रतिवद्धता जनाएको बताए । सो खण्डमा अहिलेसम्म सडक विस्तारको काम जम्मा ९ प्रतिशत मात्रै भएको छ । उनले कोरोनाभाइरस, बर्षा, ठेकेदार कम्पनीको ढिलासुस्तीका कारणले सडक विस्तारले गति लिन नसकेको बताए । अब दशैं–तिहार लगत्तै कामले गति लिने विश्वास आयोजनाले गरेको इन्जिनियर श्रेष्ठले बताए ।

एसियाली विकास बैंकको ऋण सहयोगमा बिस्तार गर्न लागिएको नारायणगढ–बुटवल सडक खण्डको लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रूपैयाँ छ । गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।

सडक विस्तारको ठेक्का सम्झौता २०७५ पुसमा भएको थियो । सम्झौता अनुसार २०८० साउन २२ गतेसम्म (साढे तीन वर्षमा) निर्माण सकिसक्नुपर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP