Trending
आर्थिक हवाई टिकटमा १३ प्रतिशत थप करले पर्यटन क्षेत्र निरुत्साहित : अध्यक्ष ढकाल अन्तर्राष्ट्रिय चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या समाज एमडीएमएस खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा समाज नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता राजनीति काम गर्न सकिनँ भने अर्को उथलपुथल गर्छु : प्रधानमन्त्री खेल विश्वकपको यात्रा गर्नु खुसीको क्षण : प्रशिक्षक मोन्टी देसाई राजनीति स्वास्थ्य क्षेत्र सुधार्न रास्वपाले मन्त्रीलाई बुझायो सुझाव पत्र स्वास्थ्य बढ्दै छ मानव मस्तिष्कको आकार समाज दैलेखमा भाइको नामबाट एसइई दिने एक पक्राउ राजनीति समानीकरण अनुदान बढाउँदै लैजान्छौँ : प्रधानमन्त्री

कमलपोखरी पुर्ननिर्माणको काम ९५ प्रतिशत सकियो

काठमाडौं । कमलपोखरी पुर्ननिर्माणको पहिलो चरणको काम करिरब ९५ प्रतिशत सकिएको छ । पुर्ननिर्माणपछि लबालब (टनाटन) पानी भरिएको कमलपोखरीको निरीक्षणका सिलसिलामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि आज कमलपोखरी पुग्नुभएका शाक्यले केही समय अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुशी लागेको बताए ।

उनले छिटै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्ने योजना रहेको पनि बताए । ‘सबैले रानीपोखरी मात्रै देखेका छन्, हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौं,’ उनले भने, ‘एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएका छौँ ।’

उनले पानी पुनर्भरण र पानी शुद्धीकरण गर्ने योजनासहित पोखरी पुर्ननिर्माण गरेको स्मरण गराए । ‘पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका हाैं,’ शाक्यले कमलपोखरीतिर देखाउँदै भने, ‘वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर पुर्ननिर्माण गर्दै पुर्नजिवन दिने काम गरेका छौं।’

उनले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सबै पोखरीहरुको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाको अभियान रहेको भन्दै त्यही अभियान अन्तरगत कमलपोखरीको पुर्ननिर्माणको काम संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएको स्मरण गराए ।

‘पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । केही अनावश्यक विवाद झिकेर र कोभिडका कारण समयमा सम्पन्न गर्न सकेनौँ,’ उनले भने, ‘पहिलो चरणको काम सम्पन्न गर्ने वित्तिकै अब दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात पहिला कमलपोखरी प्रहरी बीट रहेको करीब पाँच रोपनी क्षेत्रलाई विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ ।’उनले काठमाडौं महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यहि अनुरुप काम अघि बढेको पनि बताए ।

सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिए ।

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी वास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि पनि बस्नेतले जानकारी दिए । उनले परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण गरेको पनि जानकारी दिए ।

‘पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ,’ बस्नेतले भने, ‘पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ । त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधार रहने छन् ।’

उनले पोखरी पुर्ननिर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिएको जानकारी दिए । उनले दोस्रो चरणमा बगैँचा मात्रै रहने जानकारी दिए ।

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेको जानकारी दिए ।

उनले गेट, शौचालयको केही र रंगरोगनलगायतको मात्रै काम बाँकी रहेको जानकारी दिए । कडेँल निर्माण सेवा कम्पनीले भक्तपुर र ललितपुरको बुङमतीका अनुभवी कामदार ल्याएर पुर्ननिर्माणको काम गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP